पुरै जल्यो सर्वोच्च अदालत, मुद्दा नै सुनुवाइ गर्न नसक्ने अवस्थामा
युवा पुस्ताको आन्दोलनका क्रममा भदौ १४ गते नेपालको सर्वोच्च अदालत पनि जलेको छ । सर्वोच्च अदालत भवनको धेरैजसो भाग जलेको छ ।
रिट शाखाका प्राय कागजात काम नलाग्ने गरी नष्ट भएको छ । मंगलबार दिउँसो आगो लागेको सर्वोच्चमा बुधबार दिउँसो पुग्दा पनि कतै कते धुवाँ आइरहेको थियो ।
युवा कानुन व्यवसायी र अरु युवाहरुले आगो ननिभेको ठाउँमा निभाउने प्रयास गर्दैै थिए । ललितपुर महानगरपालिकाको दमकल आगो निभाउन आएको थियो ।
युवाहरुले सर्वोच्चका कागजातहरु सुरक्षित ठाउँमा राख्दै थिए । उनीहरुले लामो लाइन बसेर फाइलहरु एकपछि अर्को व्यक्तिलाई दिँदै सुरक्षित ठाउँमा भण्डारण गरिरहेका थिए । यसरी सर्वोच्चको कागजात मिलाउनमा धेरैजसो युवा कानुन व्यवसायीहरु थिए ।
आगलागीमा सर्वोच्चका धेरै महत्वपूर्ण फाइलहरु जलेको भन्दै उनीहरुले यसले कतिपय मुद्दाको नामो निशाना नै नरहेको बताए । सर्वोच्चमा जिल्ला अदालतदेखि सर्दै सर्दै आएका धेर्र मुद्दाहरु छन् । सिधै सर्वोच्च अदालतमा दर्ता भएका रिटहरु पनि छन् । तर ती धेरै मुद्दाको अभिलेख समेत सर्वोच्च अदालतमा अब भेटिँदैन ।
सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलका अनुसार आगजनीका कारण सर्वोच्च अदालत पूर्ण रुपमा जलेको छ । अदालतमा रहेका मुद्दाका मिसिल, सर्भर, इजलास समेत जलेर नष्ट भएको छ ।
त्यसैले बिहीबारदेखि पेशीमा रहेका मुद्दाहरुको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको मुख्य रजिस्ट्रार पौडेलले बताएका छन् ।

ललितपुर–२ का मतदाता नयाँ खोज्दै छन् कि पुरानै ?
किन राखियो बागमतीमा लहरै ड्रम ?
काठमाडौंमा रातिराति लुटपाट मच्चाउने गिरोहको कथा
खोला किनारको मापदण्डबारे सर्वोच्चले उल्ट्यायो आफ्नै फैसला
'कोरिया गएको साथीले ८० लाखमा घडेरी किन्यो, म १० लाख ऋणमा छु'








