नेभिगेशन
समाज

सर्वोच्च अदालत आइतबारदेखि खुल्ने

जेनजी आन्दोलनका क्रममा आगलागी भएर भवन ध्वस्त भएको सर्वोच्च अदालत आइतबारदेखि खुल्ने भएको छ । 

बिहीबार बसेको सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले आइतबारदेखि बन्दी प्रत्यक्षीकरण निवेदनको दर्ता तथा नियमित सुनुवाइ गर्ने प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । 

भदौ २४ गते सर्वोच्च अदालत र अरु केही अदालतमा आगजनी, ढुंगामुढा, तोडफोड, लुटपाट भएको थियो । 

‘नागरिकहरुको आस्थाको केन्द्रको रुपमा रहेको अदालतहरुमा भएको आगजनी तथा विध्वंसात्मक आक्रमणले नागरिकका महत्वपूर्ण दस्तावेजहरु, अदालतमा रहेका उपकरणहरु, सवारी साधन लगायतमा अकल्पनीय क्षति पुग्न गएको छ, नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेजहरु करिब करिब नष्ट हुन गएका छन्’, प्रधानन्यायाधीशले विज्ञप्तिमा भनेका छन् । 

जेजस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहँदै आम नागरिकका न्यायप्रतिको अपेक्षा सम्बोधन गर्न यथाशीघ्र अदालतहरु सञ्चालनमा ल्याउने प्रधानन्यायाधीशको भनाइ छ । 

सर्वोच्चको पूर्ण बैठकले म्याद तारेख गुज्रेको मुद्दामा कफ्र्यु हटेर अदालत खुलेपछि बाटोको म्यादबाहेक ३० दिनभित्र उपस्थित हुन सकिने निर्णय पनि गरेको छ । 

हेर्नुहोस् सर्वोच्च अदालतको विज्ञप्ति

Supreme-court-1757590187.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप समाज