आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की
२९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार, सर्वोच्च अदालत लगायतका संस्थाहरुमा भएको आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्ने आशंका गरेकी छन् । उनले यसमा संलग्नहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएकी छन् ।
पदभार ग्रहणपछि सचिवहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकका लागि आवश्यक संस्थाहरुमाथि छानिछानी प्रहार भएको बताइन् ।
‘अदालतका फाइलहरु जले । सिंहदरबार कयौं फाइलहरु नष्ट भए’, उनले भनिन्, ‘योजनावद्ध षड्यन्त्र भएको हो कि भन्ने लाग्छ । यसरी प्रहार गर्नेहरुलाई कारबाही हुनुपर्छ’, उनले भनिन् ।
उनले नेपालमा यस खालको घटना पहिलो पटक भएको बताइन् । आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको हानी नोक्शानीको अनुसन्धान गर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।
‘यसरी नोक्शान गर्नेहरुलाई छोड्नुपर्ने अवस्था छैन, खोजबिन तलास हुनुपर्ने अवस्था छ’, उनले भनिन् ।
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड

-1790087654.png)






