आन्दोलनका नाममा आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्छ : प्रधानमन्त्री कार्की
                                                                    
                                
                            २९ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की सिंहदरबार, सर्वोच्च अदालत लगायतका संस्थाहरुमा भएको आगजनी योजनावद्ध षड्यन्त्र हुनसक्ने आशंका गरेकी छन् । उनले यसमा संलग्नहरुलाई कारबाही गर्नुपर्नेमा जोड दिएकी छन् ।
पदभार ग्रहणपछि सचिवहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले मुलुकका लागि आवश्यक संस्थाहरुमाथि छानिछानी प्रहार भएको बताइन् ।
‘अदालतका फाइलहरु जले । सिंहदरबार कयौं फाइलहरु नष्ट भए’, उनले भनिन्, ‘योजनावद्ध षड्यन्त्र भएको हो कि भन्ने लाग्छ । यसरी प्रहार गर्नेहरुलाई कारबाही हुनुपर्छ’, उनले भनिन् ।
उनले नेपालमा यस खालको घटना पहिलो पटक भएको बताइन् । आन्दोलनका क्रममा भएको सरकारी सम्पत्तिको हानी नोक्शानीको अनुसन्धान गर्ने प्रधानमन्त्री कार्कीले बताएकी छन् ।
‘यसरी नोक्शान गर्नेहरुलाई छोड्नुपर्ने अवस्था छैन, खोजबिन तलास हुनुपर्ने अवस्था छ’, उनले भनिन् ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






