समाज
सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित
सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरु गरे पनि नियमित सेवा भने अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आइतबार एक सूचना जारी गरी सर्वोच्चले भदौ २४ गतेको आगजनी, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द भएको जानकारी गराएको छ ।
मुख्य रजिस्ट्रार विमल पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने ब्यहोरासमेत आज बसेको पूर्ण बैठकको निर्णय अनुसार जानकारीका लागि अनुरोध छ ।’
यसअघि भदौ २६ गते एक सूचना जारी गरी सर्वोच्चले अदालत नियमित सञ्चालन भएको ३० दिनसम्म म्याद, हदम्याद र तारेख थाम्न सकिने जानकारी दिएको थियो ।
हेर्नुहोस् सर्वोच्च अदालतको सूचना

प्रकाशित मिति:
आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
समाज
रोनाल्डोको दुःखान्त : धुर्वेलाई जितेर राज गर्यो, करेन्टलाई जित्न सकेन
बिहीबार, असोज ८, २०८३
कसरी निभाउने ६ महिनादेखि भीरमा लुकेको आगो ? पानी हाल्दा झनै जोखिम
बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिम टर्यो कि अझै छ ?
बुधबार, असोज ७, २०८३
मौसमको बुलेटिन : असोज ९ देखि अति भारी वर्षाको सम्भावना
सोमबार, असोज ५, २०८३
बाढी प्रभावित बालबालिकाका लागि शेष घले दम्पतीले दिए झण्डै ५८ करोड
शनिबार, असोज ३, २०८३
नयाँ बजार बसेको थियो, क्षणभरमा खण्डहर बन्यो
बुधबार, भदौ ३१, २०८३
ट्रेन्डिङ

-1790087654.png)






