समाज
                                                        सर्वोच्चको नियमित सेवा अनिश्चितकालका लागि स्थगित
                                                                    
                                
                            सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ सुरु गरे पनि नियमित सेवा भने अनिश्चितकालका लागि स्थगित गरेको छ ।
आइतबार एक सूचना जारी गरी सर्वोच्चले भदौ २४ गतेको आगजनी, तोडफोड र लुटपाटका कारण बन्दी प्रत्यक्षीकरण र अत्यावश्यकबाहेकका सेवा बन्द भएको जानकारी गराएको छ ।
मुख्य रजिस्ट्रार विमल पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने ब्यहोरासमेत आज बसेको पूर्ण बैठकको निर्णय अनुसार जानकारीका लागि अनुरोध छ ।’
यसअघि भदौ २६ गते एक सूचना जारी गरी सर्वोच्चले अदालत नियमित सञ्चालन भएको ३० दिनसम्म म्याद, हदम्याद र तारेख थाम्न सकिने जानकारी दिएको थियो ।
हेर्नुहोस् सर्वोच्च अदालतको सूचना

 
                                                                    प्रकाशित मिति: 
                                            आइतबार, भदौ २९, २०८२
                                        
                                                            
                            
                            प्रतिक्रिया दिनुहोस्
                                
                                थप
                                                समाज
                                                                        
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                                                                                    सोमबार, कात्तिक १७, २०८२
                                                                                                            
                                                
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                                                                                    आइतबार, कात्तिक १६, २०८२
                                                                                                            
                                                
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                                                                                    शुक्रबार, कात्तिक १४, २०८२
                                                                                                            
                                                
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                                                                                    बिहीबार, कात्तिक १३, २०८२
                                                                                                            
                                                
                                                    साम्बा बिना नै नेपालले भारतलाई हरायो
                                                                                                                    बुधबार, कात्तिक १२, २०८२
                                                                                                            
                                                ट्रेन्डिङ
                
                    

-1761836913.jpg)






