दशैंका लागि अग्रिम टिकट बुकिङ नखुल्ने
३१ भदौ, काठमाडौं । यस वर्षको दशैं, तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ । यातायात व्यवस्था विभागको कार्यालयमा बसेको बैठकले यात्रुहरु जाने क्रम शुरु भइसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट खुला गर्न आवश्यक नभएको निष्कर्ष निकालेको हो ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले भने, ‘अब यो दशैंका लागि भनेर टिकट बुकिङ खोल्नुपर्ने अवस्था हामीले देखेनौं । युनिर्भसिटी बिदा भइसके । करिव ५० हजार मानिसहरु गाेंगवु बसपार्कबाट मात्रै बाहिर गएको हामीसँग डाटा छ । त्यसैले अग्रिम बुकिङ आवश्यक छैन ।’
उनका अनुसार दशैंका लागि घर जानेहरुले ३—४ दिन अगाडि नै बसको टिकट लिने व्यवस्था भने मिलाइने छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुहरुको सहज रुपमा गन्तव्यमा पुर्याउन कुनै कमी हुन नदिने बताए ।
काठमाडौं प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पनि दशैंमा यात्रुहरुलाई गन्तव्यमा पुर्याउन आवश्यक सुरक्षा व्यवस्था मिलाइसकेको बताए । उनले भने, ‘यात्रुलाई ठगी भयो, समस्या भयो भने त्यसमा प्रहरीले आवश्यक कारबाही गर्छ । हामी नागरिक सहायता कक्षमा हुन्छौं ।’
डोजर रोक्ने रास्वपाको निर्णय बालेनले मान्लान् ?
बुद्धको ज्ञान बोलीमा होइन, व्यवहारमा देखाऊ
अनलाइन सपिङमा ठगहरुको बिगबिगी, कसरी जोगिने ?
बालेनको निर्देशनपछि प्रहरीको खानतलासी, आतंकित छ सुकुम्बासी बस्ती
जेष्ठ नागरिकहरुमा विर्सने समस्या बढ्दो

-1777651991.jpeg)

-1777978198.png)



