आन्दोलनमा गोली लागेका दीपेन्द्र : हातखुट्टा चल्दैन, बोल्न सक्दैनन्
दैलेखका २८ वर्षका दीपेन्द्र बस्नेत काठमाडौंमा घर वाइरिङको काम गर्थे । उनी विदेश जाने योजनाले काठमाडौं आएका थिए । तर समय लाग्ने भएपछि जीविका चलाउन वाइरिङको काम गरिरहेका थिए ।
घरको आर्थिक अवस्थाका कारण उनले धेरै पढ्न पाएनन् । आफ्नो छोरालाई भने राम्रो शिक्षा दिन चाहन्छन् । त्यसैले केही पैसा जोहो गर्न विदेश जान खोजेका थिए ।
भदौ २३ गते जेनजी पुस्ताले भ्रष्टाचारको विरोध गर्दै आयोजना गरेको प्रदर्शनमा उनी पनि गए । नयाँ बानेश्वरमा संसद भवन अगाडि उनलाई टाउकोमा गोली लाग्यो ।
सुरुमा संसद भवन नजिकैको सिभिल अस्पतालमा उपचारका लागि लगियो । त्यहाँ उपचार सम्भब नभएपछि अन्नपूर्ण न्यूरो अस्पताल लगियो ।
अहिले उनी दाहिने आँखाले देख्न सक्दैनन् । राम्रोसंग आँखा खोल्न पनि सक्दैनन्, उनको देब्रे हात र खुट्टा पनि चल्दैन ।
अस्पतालमा उनकी श्रीमती र सानो छोरा छन्, दीपेन्द्रलाई तत्काल अस्पतालबाट घर लैजान सक्ने अवस्था छैन । ६ महिनादेखि एक वर्षसम्म अस्पतालमै राखेर उपचार गर्नुपर्ने उनकी श्रीमती संगीता बताउँछिन् ।
घरखर्च चलाउने श्रीमान नै हिँड्न र बोल्न नसक्ने अवस्थामा पुगेपछि सबै जिम्मेवारी संगीतामाथि आएको छ । सानो छोरालाई मृगौलासम्बन्धी समस्या छ । यस्तो अवस्थामा आफूलाई खर्च टार्न सक्ने रोजगारी मिलोस् भन्ने उनको चाहना छ ।
दीपेन्द्रलाई भेट्न जेनजी पुस्ताका युवाहरु बेलाबेलमा अस्पताल आउँछन् । तर उनलाई सरकार पक्षबाट पनि कोही आइदेओस् र आफ्नो पीडा सुनाउन पाइयोस् भन्ने लागेको छ ।
प्रधानमन्त्री सुशीला कार्की घाइतेहररुलाई भेट्न अस्पताल पुगेको संगीताले सामाजिक सञ्जालमा देखेकी छन् ।
गम्भीर घाइते आफ्ना श्रीमान अन्नपूर्ण न्यूरोमा छन् भन्ने थाहा नभएर नआएको हो कि भन्ने संगीतालाई लागेको छ । लामो समयसम्म अस्पतालमै राखेर उपचार गराउन पर्ने भएपछि अहिले बनेको सरकारमाथि संगीताले ठूलो आशा राखेकी छन् ।
सरकारले आन्दोलनका घाइतेको निशुल्क उपचार गर्ने भनेको छ । तर अहिलेसम्म सरकारका कोही पनि प्रतिनिधि नआएका कारण उनी अन्योलमा परेकी छन् । अहिलेसम्म अस्पतालमा लागेको खर्च उनी आफैंले तिरिरहेकी छन् ।
                                                    राष्ट्रिय लिग पुस ९ देखि, अर्को वर्षदेखि होम एण्ड अवेमा लिग खेलाइने
                                                    थापाथलीमा बुल्डोजर : गृहमन्त्रीको रिस प्रहरीमाथि
                                                    राजदूत फिर्ताको निर्णय रोक लगाउन सर्वोच्चले दियो ३ कारण
                                                    दिनरात काम, तलब चाहिँ १५ हजार !
                                                    खगेन्द्र सुनारसँग काभ्रे अदालतले माग्यो ५० हजार धरौटी
                                                    
                    

-1761836913.jpg)






