नेभिगेशन
Cricball Show

नेपाली क्रिकेटरहरुको भिसा आयो, सोमबार उड्ने तयारी 

५ असोज, काठमाडौं । वेण्ड इण्डिजसँग सिरिज खेल्न नेपाली टोलीको भिसा आएको छ । अब भोलि सोमबार नेपाली टोली यूएई जाने तयारी छ । 

टी–२० विश्वकप छनोटको तयारीमा रहेका नेपालले यूएईमा वेष्ट इण्डिजसँग सिरिज खेल्ने तयारी छ । नेपाली टोली शुक्रबार जाने तयारीमा थियो । तर यूएईले भिसा दिएन । 

जेनजी आन्दोलनेजपछि यूएईले नेपाली नागरिकलाई भिजिट भिसा दिन रोकेको थियो । त्यसको मारमा खेलाडीहरु परे ।

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसीसँग सहयोग माग्यो । आइतबार सबै सदस्यको भिसा आएको क्रिकेट संघका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । उनले भने, ‘अब टिकटको प्रक्रिया पुरा गरेपछि भोलि जान्छ होला टोली ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Cricball Show