सुदन गुरुङ : मन्त्री बन्न कुलमान र महावीरलाई मनाएँ, अरुले फोन नगर्नू
५ असोज, काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक सुदन गुरुङले मन्त्री बन्नका लागि आफूलाई फोन नगर्न अपील गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि तयारी भइरहेको सुनेपछि गुरुङ प्रधानमन्त्री कार्यालय पुगेका थिए । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरुङले को-को मन्त्री बन्दैछ भनेर आफूलाई थाहा नभएको बताए ।
उनले मलाइ मन्त्री बनाइदिनुपर्यो भनेर आफूलाई अनेकले फोन गरिरहेको समेत सुनाए । ‘मन्त्री बनादिनुपर्यो भनेर यस्तो साह्रो फोन गर्छन्, म त छक्क पर्छु’, सुदनले भने, 'मैले निर्णय गरेर मन्त्री छिराउने हो भने म र केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरुमा फरक भयो र ?’
उनले अगाडि भने, ‘बच्चाहरु मरेर खाली भएको पद हो । मन्त्रीका लागि फोन नगरिदिनु ।’
क–कसलाई मन्त्री बनाउने भन्ने प्रधानमन्त्रीको अधिकार भएको उनले बताए । कार्कीको लिस्टमा भएका कुलमान घिसिङ र महावीर पुनलाई भने मन्त्री भइदिन आफूले आग्रह गरेको सुनाए ।
‘कुलमान दाइले आउँदिन भन्नुभएको भएको थियो । मैले सरकार कमजोर हुन्छ, तपाईं आइदिनुस् भनेर ढोगेकै हो’, जेनजी अगुवा सुदनले भने, 'महावीर पुन दाइलाई पनि तपाईं आउनु हुन्न भने देश भनेर मनाएको हो किनकी उहाँहरुको नाम म्याम (प्रधानमन्त्री) को लिस्टमा थियो ।’
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






