सुदन गुरुङ : मन्त्री बन्न कुलमान र महावीरलाई मनाएँ, अरुले फोन नगर्नू
५ असोज, काठमाडौं । जेनजी आन्दोलनका अगुवामध्ये एक सुदन गुरुङले मन्त्री बन्नका लागि आफूलाई फोन नगर्न अपील गरेका छन् ।
मन्त्रिपरिषद् विस्तारका लागि तयारी भइरहेको सुनेपछि गुरुङ प्रधानमन्त्री कार्यालय पुगेका थिए । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गुरुङले को-को मन्त्री बन्दैछ भनेर आफूलाई थाहा नभएको बताए ।
उनले मलाइ मन्त्री बनाइदिनुपर्यो भनेर आफूलाई अनेकले फोन गरिरहेको समेत सुनाए । ‘मन्त्री बनादिनुपर्यो भनेर यस्तो साह्रो फोन गर्छन्, म त छक्क पर्छु’, सुदनले भने, 'मैले निर्णय गरेर मन्त्री छिराउने हो भने म र केपी ओली, शेरबहादुर देउवा र प्रचण्डहरुमा फरक भयो र ?’
उनले अगाडि भने, ‘बच्चाहरु मरेर खाली भएको पद हो । मन्त्रीका लागि फोन नगरिदिनु ।’
क–कसलाई मन्त्री बनाउने भन्ने प्रधानमन्त्रीको अधिकार भएको उनले बताए । कार्कीको लिस्टमा भएका कुलमान घिसिङ र महावीर पुनलाई भने मन्त्री भइदिन आफूले आग्रह गरेको सुनाए ।
‘कुलमान दाइले आउँदिन भन्नुभएको भएको थियो । मैले सरकार कमजोर हुन्छ, तपाईं आइदिनुस् भनेर ढोगेकै हो’, जेनजी अगुवा सुदनले भने, 'महावीर पुन दाइलाई पनि तपाईं आउनु हुन्न भने देश भनेर मनाएको हो किनकी उहाँहरुको नाम म्याम (प्रधानमन्त्री) को लिस्टमा थियो ।’
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






