आन्दोलनमा क्षति भएको संरचना आयातका लागि ५० प्रतिशत भन्सार छुट
सरकारले जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडमा परेका भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक सामग्री आयातमा ५० प्रतिशत भन्सार छुट दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षति भएका निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि भन्सार छुटको निर्णय गरेको हो ।
उद्योग, व्यापारिक प्रतिष्ठान, आर्थिक गतिविधि तत्काल सञ्चालन गर्न सरकार, राष्ट्र बैंक र बीमा संस्थानले राहत र सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
बीमा कम्पनीहरुले क्षतिको ५० प्रतिशतसम्म अग्रिम रुपमा दिने व्यवस्था मिलाउने निर्णय पनि गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै प्रभावित उद्योगहरुले तिर्नु पर्ने ऋणको भाका सार्ने र यस्ता उद्योग प्रतिष्ठानका कर्मचारी तथा श्रमिकको रोजगारी नगुमोस् भनेर उनीहरुलाई सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय छ ।
ऋण तिर्न नसक्ने उद्योगहरुलाई राष्ट्रिय स्तरमा खडा हुने पुनर्निर्माण कोषबाट रकम दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारले आन्दोलनका क्रममा क्षति भएका सरकारी सवारी साधन र यन्त्र उपकरणलाई सरकारको सम्पत्तिबाट हटाउने निर्णय गरेको छ । त्यसलाई स्क्र्याब गराएर लिलाम गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






