आन्दोलनमा क्षति भएको संरचना आयातका लागि ५० प्रतिशत भन्सार छुट
सरकारले जेनजी आन्दोलनका क्रममा आगलागी र तोडफोडमा परेका भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक सामग्री आयातमा ५० प्रतिशत भन्सार छुट दिएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले आन्दोलनका क्रममा आगलागी र तोडफोडबाट क्षति भएका निजी क्षेत्रका संरचना पुनर्निर्माणका लागि भन्सार छुटको निर्णय गरेको हो ।
उद्योग, व्यापारिक प्रतिष्ठान, आर्थिक गतिविधि तत्काल सञ्चालन गर्न सरकार, राष्ट्र बैंक र बीमा संस्थानले राहत र सुविधाका कार्यक्रम सुरु गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
बीमा कम्पनीहरुले क्षतिको ५० प्रतिशतसम्म अग्रिम रुपमा दिने व्यवस्था मिलाउने निर्णय पनि गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै प्रभावित उद्योगहरुले तिर्नु पर्ने ऋणको भाका सार्ने र यस्ता उद्योग प्रतिष्ठानका कर्मचारी तथा श्रमिकको रोजगारी नगुमोस् भनेर उनीहरुलाई सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय छ ।
ऋण तिर्न नसक्ने उद्योगहरुलाई राष्ट्रिय स्तरमा खडा हुने पुनर्निर्माण कोषबाट रकम दिने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारले आन्दोलनका क्रममा क्षति भएका सरकारी सवारी साधन र यन्त्र उपकरणलाई सरकारको सम्पत्तिबाट हटाउने निर्णय गरेको छ । त्यसलाई स्क्र्याब गराएर लिलाम गर्ने निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



