सञ्चारमन्त्रीको पहिलो निर्णय : २ महिनाभित्र उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २ महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने घोषणा गरेका छन् ।
सोमबार मन्त्रीको रुपमा पदभार ग्रहण गर्दै उनले उपत्यकाका सार्वजनिक स्थलमा २ महिनाभित्र र प्रदेश राजधानीसहित १० वटा ठूला शहरको सार्वजनिक स्थलमा ५ महिनाभित्र इन्टरनेश सेवा पुर्याउने निर्णय गरेका हुन् ।
उनले सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सुरेन्द्र भण्डारीसँग सल्लाह गरेर सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा दिने निर्णय गरेको बताएका छन् ।
आफू जेनजी आन्दोलनको बलमा मन्त्री भएकाले जेनजी पुस्ता र अरु नेपालीहरुको पनि जीवन सहज बनाउने निर्णय गरेको मन्त्री खरेलको भनाइ छ ।
काठमाडौंको पशुपतिनाथ, एयरपोर्ट, रत्नपार्क, चिडियाखाना लगायतका प्रमुख सार्वजनिक क्षेत्रमा निःशुल्क इन्टरनेट दिइने उनको भनाइ छ ।
त्यस्तै ७ प्रदेशको राजधानी र वीरगञ्ज, नेपालगञ्ज जस्ता प्रदेश राजधानी बाहेकका ठूला शहरका धेरै मानिसहरु जमघट हुने सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा दिइने उनको भनाइ छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






