सञ्चारमन्त्रीको पहिलो निर्णय : २ महिनाभित्र उपत्यकाका सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले २ महिनाभित्र काठमाडौं उपत्यकाका प्रमुख सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा पुर्याउने घोषणा गरेका छन् ।
सोमबार मन्त्रीको रुपमा पदभार ग्रहण गर्दै उनले उपत्यकाका सार्वजनिक स्थलमा २ महिनाभित्र र प्रदेश राजधानीसहित १० वटा ठूला शहरको सार्वजनिक स्थलमा ५ महिनाभित्र इन्टरनेश सेवा पुर्याउने निर्णय गरेका हुन् ।
उनले सञ्चार मन्त्रालयकी सचिव राधिका अर्याल र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष सुरेन्द्र भण्डारीसँग सल्लाह गरेर सार्वजनिक स्थलमा निशुल्क इन्टरनेट सुविधा दिने निर्णय गरेको बताएका छन् ।
आफू जेनजी आन्दोलनको बलमा मन्त्री भएकाले जेनजी पुस्ता र अरु नेपालीहरुको पनि जीवन सहज बनाउने निर्णय गरेको मन्त्री खरेलको भनाइ छ ।
काठमाडौंको पशुपतिनाथ, एयरपोर्ट, रत्नपार्क, चिडियाखाना लगायतका प्रमुख सार्वजनिक क्षेत्रमा निःशुल्क इन्टरनेट दिइने उनको भनाइ छ ।
त्यस्तै ७ प्रदेशको राजधानी र वीरगञ्ज, नेपालगञ्ज जस्ता प्रदेश राजधानी बाहेकका ठूला शहरका धेरै मानिसहरु जमघट हुने सार्वजनिक स्थलमा निःशुल्क इन्टरनेट सेवा दिइने उनको भनाइ छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



