नेभिगेशन
3 Minute

फेरिए गृहसचिव, तीन सचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयमा सचिव फेरिएका छन् । हाल गृह सचिव रहेका गोकर्णमणी दुवाडीलाई राष्ट्रिय योजना आयोगको सचिवमा सरुवा गरिएको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले  दुवाडीको ठाउँमा रामेश्वर दंगाललाई ल्याएको छ । 

अब दंगालले गृहसचिवका रुपमा काम गर्नेछन् । दंगाल अहिले रक्षा सचिवका रुपमा काम गरिरहेका छन् । 

योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा सचिवको जिम्मेवारी दिइएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute