नेभिगेशन
3 Minute

तुइनखोलामा फेरि भयानक पहिरो, मुग्लिन नारायणगढ सडक अनिश्चित

दशैंको समयमा काठमाडौंबाट चितवन हुँदै यात्रा गर्नुपर्नेहरुको सास्ती झन् थपिएको छ ।

आइतबार र सोमबार चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा पहिरो खसेर यात्रुहरुले दु:ख । सोमबार तुइन खोलाको पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि मंगलबार धादिङको जवाङ खोलाले सडक अवरुद्ध भयो ।

मंगलबार साँझ जवाङ खोलाको पहिरो त पन्छाइयो तर फेरि तुइन खोलामा पहिरो झर्न थाल्यो । काठमाडौं, पोखरा लगायतका शहरबाट चितवन हुँदै पश्चिम नेपाल र पूर्वी नेपाल जानुपर्नेहरु समस्यामा परेका छन् । दशैं मनाउन घर जानेहरु सजिलो भएकाले प्राय यही सडक प्रयोग गर्छन् ।

सडक डिभिजन करायालय भरतपुरका अनुसार तुइन खोलाको पहिरो पन्छाउन तत्काल सम्भव छैन । मंगलबार दिउँसो सवा ३ बजेदेखि लगातार पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ ।

निरन्तर रुपमा पहिरो खसिरहेकाले तत्कालै पन्छाउन नसकिने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यले बताए । उनका अनुसार बुधबार दिनभर पनि सडक अवरुद्ध हुन सक्छ । निरन्तर ढुंगा झरिरहेकाले उपकरण प्रयो गर्न नसकिने उनको भनाइ छ ।

कार्यालयले मुग्लिन नारायणगढ सडक भएर यात्रा गर्नुपर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । काठमाडौंबाट चितवन जान हेटौंडाको बाटो प्रयोग गर्न सडक कार्यालयको सुझाव छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute