तुइनखोलामा फेरि भयानक पहिरो, मुग्लिन नारायणगढ सडक अनिश्चित
दशैंको समयमा काठमाडौंबाट चितवन हुँदै यात्रा गर्नुपर्नेहरुको सास्ती झन् थपिएको छ ।
आइतबार र सोमबार चितवनको मुग्लिन नारायणगढ सडक खण्डको तुइनखोलामा पहिरो खसेर यात्रुहरुले दु:ख । सोमबार तुइन खोलाको पहिरो पन्छाएर सडक सञ्चालन गरे पनि मंगलबार धादिङको जवाङ खोलाले सडक अवरुद्ध भयो ।
मंगलबार साँझ जवाङ खोलाको पहिरो त पन्छाइयो तर फेरि तुइन खोलामा पहिरो झर्न थाल्यो । काठमाडौं, पोखरा लगायतका शहरबाट चितवन हुँदै पश्चिम नेपाल र पूर्वी नेपाल जानुपर्नेहरु समस्यामा परेका छन् । दशैं मनाउन घर जानेहरु सजिलो भएकाले प्राय यही सडक प्रयोग गर्छन् ।
सडक डिभिजन करायालय भरतपुरका अनुसार तुइन खोलाको पहिरो पन्छाउन तत्काल सम्भव छैन । मंगलबार दिउँसो सवा ३ बजेदेखि लगातार पहिरो खसेपछि सडक दुईतर्फी बन्द भएको छ ।
निरन्तर रुपमा पहिरो खसिरहेकाले तत्कालै पन्छाउन नसकिने सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर कृष्ण आचार्यले बताए । उनका अनुसार बुधबार दिनभर पनि सडक अवरुद्ध हुन सक्छ । निरन्तर ढुंगा झरिरहेकाले उपकरण प्रयो गर्न नसकिने उनको भनाइ छ ।
कार्यालयले मुग्लिन नारायणगढ सडक भएर यात्रा गर्नुपर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ । काठमाडौंबाट चितवन जान हेटौंडाको बाटो प्रयोग गर्न सडक कार्यालयको सुझाव छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



