स्कुलमा कम्प्युटर शिक्षक राख्न र त्रिविमा झाडी फाँड्न शिक्षामन्त्रीको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले देशभरका सामुदायिक माध्यमिक विद्यालयमा कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका छन् ।
सरकारी विद्यालयमा माध्यमिक तहमा पढ्ने विद्यार्थीहरु कम्प्युटर शिक्षाबाट वञ्चित नहुन् भनेर हरेक विद्यालयमा एक जना कम्प्युटर शिक्षकको दरबन्दी थप्न निर्देशन दिएका हुन् ।
मन्त्री पुनका अनुसार उनले विश्वविद्यालयहरुलाई बढीमा ३ महिनाभित्र अनिवार्य परीक्षाफल निकाल्न पनि निर्देशन दिएका छन् ।
केही विश्वविद्यालयहरुले परीक्षा लिएर परीक्षाफल निकाल्न ८ महिनादेखि १ बर्ष सम्म लगाइरहेका छन् । यसले विद्यार्थीहरुको समयमा अपुरणीय क्षति भइरहेको भन्दै मन्त्री पुनले ३ महिनाभित्र नतिजा प्रकाशन गर्न निर्देशन दिएका हुन् ।
समयमा परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरुको अनुदान रोक्का गर्ने पनि उनले बताएका छन् ।
मन्त्री पुनले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्र झाडी फडानी गर्न पनि निर्देशन दिएका छन् । ठूला रुखहरु नकाट्ने तर भुइँ सफा गरेर बगैंचा र फुटपाथ बनाउन आफूले निर्देशन दिएको मन्त्री पुनले बताए ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

