Podcasts
'नेताको घरमा जलेको पैसा कालोधनको प्रमाण हो'
भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको भोलिपल्ट नेताहरुको घरमा पनि आक्रमण भयो ।
त्यस क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा ठूलो मात्रामा नगद भेटिएको थियो ।
के यसरी नेताको घरमा पैसा भेटिनु सामान्य हो ? यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्वमहानिर्देशक रुपनारायण भट्टराईसँग गरिएको कुराकानीको महत्वपूर्ण अंश :
- व्यक्तिको घरमा ठूलो मात्रामा नगद भेटिनु भनेको फाइनान्सियल ट्रयाकिङ र डिसिप्लिनको हिसाबले विधि बन्न नसक्नुको उपज हो ।
- अझ सार्वजनिक पदमा रहेर काम गरेको व्यक्तिको घरमा करोडौं नगद र बहुमूल्य धातु भेटिन्छ भने त त्यो भ्रष्टाचारबाट आर्जन गरेको हो भन्न सकिन्छ । किनकी राजनीति त पेशा होइन सेवा हो । त्यसैले राजनीतिकर्मीको घरमा पैसा भेटिनु भ्रष्टाचारको मामिला हो ।
- राजनीतिक गर्ने मान्छेले आफ्नो पार्टीभित्रको गुट परिचालन गर्न, शक्तिशाली हुन, बहुमत कायम राखिराख्न र नेतृत्वमा टिकिराख्न नेता कार्यकर्तालाई प्रलोभनमा पार्न भ्रष्टाचारबाट सम्पत्ति आर्जन गर्ने र त्यस्तो पैसा सञ्चिती गर्ने गर्छन् ।
- हाम्रो देशमा राजनीति समाजसेवा हो भन्ने धारणा विकास भएको भए नेताले पैसा कमाउनै पर्दैनथ्यो । हाम्रो आर्थिक प्रणाली पारदर्शी भएको भए पनि यो समस्या आउने थिएन ।
- नेताहरुले कमाएको सम्पत्ति कुनै पनि तरिकाले फाइनान्सिल ट्रयाकिङमा गयो भने भोलि अपराध देखिन सक्छ । त्यो हुन नदिन उनीहरुले भ्रष्टाचार गरेर कमाएको पैसा घरमा राखेका हुन सक्छन् ।
- राज्यको सबै अर्थव्यवस्था र हाम्रो पेमेन्ट सिष्टम सबै डिजिटाइज भयो भने सबै पैसा ट्रयाकिङ हुन्छ ।
- नेपालमा कसैले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति दुई तीन वटा माध्यमबाट परिचालन गर्ने गरिएको छ, एउटा घरजगगा कारोबार हो, किनकी हाम्रोमा त्यो क्षेत्र पारदर्शी छैन । अर्को सहकारीमा गरिने वचत हो, किनकी नेपालमा सहकारीको नियमन पनि राम्रो छैन । अर्को सुनचाँदी खरिद हो, त्यो पनि हामीले नियमन गर्न सकेका छैनौं । यी तीन क्षेत्र नियमन राम्रो हुने हो भने गैरकानुनी सम्पत्ति त्यहाँ जाँदैन ।
- यसरी नेताका घरमा पैसा भेटिने सम्पत्ति शुद्धीकरण भन्दा पनि भ्रष्टाचारको विषय हो । सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो आम्दानी भन्दा उच्चस्तरको जीवनयापन गरेको देखिए भ्रष्टाचार आकर्षित हुन्छ । त्यो हिसाबले अनुसन्धान गर्न सकिन्छ ।
प्रकाशित मिति:
बुधबार, असोज ८, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
देउवाको शक्ति सकिएको छैन, समस्या इगो मात्र हो
बुधबार, साउन २०, २०८३
शंकर–विद्या जो आएपनि हुन्छ, ओलीले छाड्नैपर्छ
शनिबार, साउन २, २०८३
'बूढालाई घर पठाउँदैमा कर्मचारीतन्त्र सुधार हुँदैन'
बुधबार, असार ३, २०८३
प्रधानमन्त्री बालेनले के ठीक गर्दैछन् ? के-के बेठीक ?
शुक्रबार, जेठ १, २०८३
ऐलानीका घरमा डोजर चलाउन सम्भव छ ?
बुधबार, वैशाख २३, २०८३
शासकीय शैली नै जेनजी आन्दोलनको मुख्य कारण
बुधबार, चैत ४, २०८२
ट्रेन्डिङ








