नेभिगेशन
Podcasts

'नेताको घरमा जलेको पैसा कालोधनको प्रमाण हो'

भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको भोलिपल्ट नेताहरुको घरमा पनि आक्रमण भयो ।

त्यस क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्काको घरमा ठूलो मात्रामा नगद भेटिएको थियो ।

के यसरी नेताको घरमा पैसा भेटिनु सामान्य हो ? यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका पूर्वमहानिर्देशक रुपनारायण भट्टराईसँग गरिएको कुराकानीको महत्वपूर्ण अंश :

  • व्यक्तिको घरमा ठूलो मात्रामा नगद भेटिनु भनेको फाइनान्सियल ट्रयाकिङ र डिसिप्लिनको हिसाबले विधि बन्न नसक्नुको उपज हो । 
  • अझ सार्वजनिक पदमा रहेर काम गरेको व्यक्तिको घरमा करोडौं नगद र बहुमूल्य धातु भेटिन्छ भने त त्यो भ्रष्टाचारबाट आर्जन गरेको हो भन्न सकिन्छ । किनकी राजनीति त पेशा होइन सेवा हो । त्यसैले राजनीतिकर्मीको घरमा पैसा भेटिनु भ्रष्टाचारको मामिला हो । 
  • राजनीतिक गर्ने मान्छेले आफ्नो पार्टीभित्रको गुट परिचालन गर्न, शक्तिशाली हुन, बहुमत कायम राखिराख्न र नेतृत्वमा टिकिराख्न नेता कार्यकर्तालाई प्रलोभनमा पार्न भ्रष्टाचारबाट सम्पत्ति आर्जन गर्ने र त्यस्तो पैसा सञ्चिती गर्ने गर्छन् । 
  • हाम्रो देशमा राजनीति समाजसेवा हो भन्ने धारणा विकास भएको भए नेताले पैसा कमाउनै पर्दैनथ्यो । हाम्रो आर्थिक प्रणाली पारदर्शी भएको भए पनि यो समस्या आउने थिएन । 
  • नेताहरुले कमाएको सम्पत्ति कुनै पनि तरिकाले फाइनान्सिल ट्रयाकिङमा गयो भने भोलि अपराध देखिन सक्छ । त्यो हुन नदिन उनीहरुले भ्रष्टाचार गरेर कमाएको पैसा घरमा राखेका हुन सक्छन् । 
  • राज्यको सबै अर्थव्यवस्था र हाम्रो पेमेन्ट सिष्टम सबै डिजिटाइज भयो भने सबै पैसा ट्रयाकिङ हुन्छ । 
  • नेपालमा कसैले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति दुई तीन वटा माध्यमबाट परिचालन गर्ने गरिएको छ, एउटा घरजगगा कारोबार हो, किनकी हाम्रोमा त्यो क्षेत्र पारदर्शी छैन । अर्को सहकारीमा गरिने वचत हो, किनकी नेपालमा सहकारीको नियमन पनि राम्रो छैन । अर्को सुनचाँदी खरिद हो, त्यो पनि हामीले नियमन गर्न सकेका छैनौं । यी तीन क्षेत्र नियमन राम्रो हुने हो भने गैरकानुनी सम्पत्ति त्यहाँ जाँदैन ।
  • यसरी नेताका घरमा पैसा भेटिने सम्पत्ति शुद्धीकरण भन्दा पनि भ्रष्टाचारको विषय हो । सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो आम्दानी भन्दा उच्चस्तरको जीवनयापन गरेको देखिए भ्रष्टाचार आकर्षित हुन्छ । त्यो हिसाबले अनुसन्धान गर्न सकिन्छ । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप Podcasts