ओलीलाई राजनीतिक क्रियाकलापमा बन्देज लगाउन रास्वपाको माग
राष्ट्रिय स्वतन्त्र पार्टीले अघिल्लो सरकारका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई राजनीतिक क्रियाकलापमा रोक लगाउन माग गरेको छ ।
भदौ २३ र २४ गते भएको आन्दोलनमा राज्य पक्षबाट भएको दमन र हिंसाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन भइसकेको छ । रास्वपाले उक्त आयोगको प्रतिवेदन नआएसम्म ओली, लेखक र गुरुङलाई राजनीतिक क्रियाकलापमा सहभागी हुन बन्देज लगाउन माग गरेको हो ।
असोज ७ र ८ गते बसेको रास्वपा केन्द्रीय समिति बैठकले जेनजी आन्दोलनका क्रममा नेताहरुको निवासमा भेटिएका अवैध नगद साथै चलअचल सम्पत्तिको छानबिन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।
त्यस्तै २०४६ सालदेखिको उच्च सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको सम्पत्ति छानबिन गर्न सरकारलाई दबाब दिने निर्णय पनि गरिएको प्रवक्ता मनिष झाले बताएका छन् ।
रास्वपाले भदौ २४ गते नख्खु कारागार र अन्य स्थानमा भएका घटनामा पार्टी सदस्यहरुको संलग्नता भएको वा नभएको बारेमा सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
भदौ २४ गते नख्खु कारागारमा आगजनी गरिएको थियो र रास्वपा सभापति रवि लामिछानेलाई जेलमुक्त गरिएको थियो । लामिछानेलाई जेलमुक्त गर्न रास्वपा नेताहरुकै भूमिका रहेको भनेर सार्वजनिक आलोचना भएपछि पार्टीले छानबिन गर्न लागेको हो ।
हेर्नुहोस् रास्वपाको विज्ञप्ति

रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






