छानबिन आयोगले माग्यो सरकारी र निजी सम्पत्ति क्षतिको विवरण
भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले काम सुरु गरेको छ । अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको समितिले गृह मन्त्रालयले उपलब्ध गराएको जलवायु तथा विज्ञान विभागको भवन बबरमहलमा कार्यालय स्थापना गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले जेनजी युवाहरुको प्रदर्शनका क्रममा काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ विवरण र तथ्य प्रमाण माग गर्ने निर्णय गरेको छ ।
आयोगले सर्वोच्च अदालत एवं अन्य अदालतहरुमा भएको क्षतिको विवरण सर्वोच्च अदालतसँग, नेपाल सरकार अन्तर्गतका निकायहरुमा भएको क्षतिको विवरण गृह मन्त्रालयसँग र संवैधानिक निकायहरुको क्षतिको विवरण जुनजुन निकायमा क्षति भएको छ त्यही निकायबाट माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशमा भएको क्षतिको विवरण मुख्यमन्त्री कार्यालयसँग, स्थानीय तहहरुको क्षतिको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गर्ने जाँचबुझ आयोगले निर्णय गरेको छ ।
व्यापारिक प्रतिष्ठानमा भएको क्षतिको विवरण सम्बन्धित प्रतिष्ठानले सिधै आयोगको कार्यालयमा बुझाउन पनि सक्नेछन् । नभए नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ लगायतका निकायबाट पनि पेश गर्न सक्नेछनु । निजी सम्पत्ति क्षतिको विवरण सिधै आयोगको कार्यालयमा आएर वा इमेल ठेगाना मार्फत पनि बुझाउन सक्नेछन् ।
भदौ २३ र २४ गते भएको घटनाको विषयमा छानबिन गर्न सरकारले गौरीबहादुर कार्की अध्यक्ष र विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग गठन गरेको थियो ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






