छानबिन आयोगले माग्यो सरकारी र निजी सम्पत्ति क्षतिको विवरण
भदौ २३ र २४ को घटना जाँचबुझ आयोगले काम सुरु गरेको छ । अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको समितिले गृह मन्त्रालयले उपलब्ध गराएको जलवायु तथा विज्ञान विभागको भवन बबरमहलमा कार्यालय स्थापना गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले जेनजी युवाहरुको प्रदर्शनका क्रममा काठमाडौं लगायत देशका विभिन्न ठाउँमा भएको भौतिक तथा मानवीय क्षतिको यथार्थ विवरण र तथ्य प्रमाण माग गर्ने निर्णय गरेको छ ।
आयोगले सर्वोच्च अदालत एवं अन्य अदालतहरुमा भएको क्षतिको विवरण सर्वोच्च अदालतसँग, नेपाल सरकार अन्तर्गतका निकायहरुमा भएको क्षतिको विवरण गृह मन्त्रालयसँग र संवैधानिक निकायहरुको क्षतिको विवरण जुनजुन निकायमा क्षति भएको छ त्यही निकायबाट माग गर्ने निर्णय गरेको छ ।
त्यस्तै प्रदेशमा भएको क्षतिको विवरण मुख्यमन्त्री कार्यालयसँग, स्थानीय तहहरुको क्षतिको विवरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग माग गर्ने जाँचबुझ आयोगले निर्णय गरेको छ ।
व्यापारिक प्रतिष्ठानमा भएको क्षतिको विवरण सम्बन्धित प्रतिष्ठानले सिधै आयोगको कार्यालयमा बुझाउन पनि सक्नेछन् । नभए नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ लगायतका निकायबाट पनि पेश गर्न सक्नेछनु । निजी सम्पत्ति क्षतिको विवरण सिधै आयोगको कार्यालयमा आएर वा इमेल ठेगाना मार्फत पनि बुझाउन सक्नेछन् ।
भदौ २३ र २४ गते भएको घटनाको विषयमा छानबिन गर्न सरकारले गौरीबहादुर कार्की अध्यक्ष र विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य रहेको आयोग गठन गरेको थियो ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



