माओवादीमा केन्द्रीय समिति बिघटन, मंसिरमा महाधिवेशन
नेकपा माओवादी केन्द्रले आफ्नो केन्द्रीय कमिटी विघटन गरेको छ र आउँदो मंसिरको अन्तिमसम्म महाधिवेशन गर्ने भएको छ ।
दुई दिनसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय कमिटी विघटन गरेर महाधिवेशन आयोजक समिति बनाएको छ ।
उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाका अनुसार माओवादीको केन्द्रीय कमिटीका सदस्यहरु महाधिवेशन आयोजक समितिका सदस्य हुनेछन् । पदाधिकारीहरु सचिवालय समितिका सदस्य हुनेछन् । प्रचण्ड अध्यक्ष रहेनन्, महाधिवेशन आयोजक समितिका संयोजक भएका छन् ।
बिहीबारको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय कमिटी भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने र आफू संयोजक हुने प्रस्ताव राखेका थिए । वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले प्रचण्डले नेतृत्व छाड्नुपर्ने प्रस्ताव राखेका थिए । वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आफूलाई नेतृत्व दिन आग्रह गरेका थिए ।
तीनवटै प्रस्तावमाथि १० वटा समूह बनाएर छलफल गरिएको थियो । १० वटै समूहबाट छानिएका प्रतिनिधिले प्रचण्डकै प्रस्तावको समर्थन गरेका थिए ।
माओवादीले आउँदो महाधिवेशनमा जेनजीको सहभागिताको वातावरण तयार गर्ने, तोकिएको समयमा चुनावको वातावरण बनाउन सहयोग गर्ने र निर्वाचनमा होमिने निर्णय पनि गरेको उपाध्यक्ष सापकोटाले जानकारी दिए ।
माओवादीले पार्टीका नेताहरुको सम्पत्ति विवरण छानबिन गर्ने निर्णय पनि गरेको छ । र सम्पत्ति छानबिन पदाधिकारीबाट सुरु गर्ने निर्णय गरेको सापकोटाको भनाइ छ ।
माओवादीले नेपोटिजमबारे कार्यविधि बनाएर नेताका परिवारका सदस्यबारे निर्णय लिने, संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने निर्णय पनि गरेको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






