3 Minute
विद्युत विकास विभागमा पहिलोपटक महिला महानिर्देशक
काठमाडौं । विद्युत विकास विभागको नेतृत्व पहिलोपटक महिलाले पाएकी छिन् । ऊर्जामन्त्री कुलमान घिसिङले मनदेवी श्रेष्ठलाई विद्युत विकास विभागको महानिर्देशक नियुक्त गरेका छन् ।
हाल उनी विभागमा हाइड्रोपावरतर्फको सुपरिटेन्डेन्ट इन्जिनियर छिन् । घिसिङले हाल महानिर्देशक रहेका जीवछ मण्डललाई हटाएर श्रेष्ठलाई जिम्मेवारी दिएका हुन् ।
मण्डलले कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक हुँदा कार्यसम्पादनमा शून्य अंक दिएका थिए । उनी तत्कालीन ऊर्जामन्त्री दीपक खड्काका प्रिय थिए । सोही कारण उनले विभागमा अवसर पाएका थिए ।
अहिले मण्डललाई जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन् । आयोगमा यसअघि कुलमान घिसिङले सचिवसरहको सेवा सुविधा दिने गरी प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई पनि सरुवा गरेका थिए ।
प्रकाशित मिति:
शुक्रबार, असोज १०, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
बिहीबार, कात्तिक १३, २०८२
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
बिहीबार, कात्तिक १३, २०८२
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
बुधबार, कात्तिक १२, २०८२
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
बुधबार, कात्तिक १२, २०८२
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
बुधबार, कात्तिक १२, २०८२
अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
आइतबार, कात्तिक ९, २०८२
ट्रेन्डिङ


-1761836913.jpg)






