भीयूसीएलका सीईओ शाहीले दिए राजीनामा
विद्युत उत्पादन कम्पनी लिमिटेड (भीयूसीएल) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) बखतबहादुर शाहीले राजीनामा दिएका छन् । उनले ऊर्जामन्त्री कुलमान घिसिङ समक्ष राजीनामा दिएका हुन् ।
उनी १८ साउन २०८० मा सीईओ नियुक्त भएका थिए । ऊर्जा सचिव सञ्चालक समितिको अध्यक्ष रहने विद्युत उत्पादन कम्पनीमा छविराज पोखरेल, देवेन्द्र केसी, नरेन्द्रसिंह भण्डारी, रणबहादुर थापा र राजु श्रेष्ठलाईपछि पार्दै दैलेख दुल्लु नगरपालिकाका शाहीले राजीनामा बुझाएका हुन् ।
भेरी–बबई परियोजनाको परामर्शदाताका रुपमा ‘एनईए इन्जिनियरिङ’ले आह्वान गरेको प्रतिस्पर्धामा टोली नेता समेत बन्न असफल भएका थिए । शाही राजनीतिक पहुँच प्रयोग गरेर भीयूसीएलमा राजनीतिक नियुक्ति लिन सफल भएका थिए ।
उनी भीयूसीएलमा नै रहँदा नलगाड हाइड्रोपावर कम्पनीको प्रबन्ध सञ्चालक बनेका थिए । दोहोरो पद ओगटेको भन्दै विवाद भएपछि मात्रै उनले पद छाडेका थिए ।
दीपक खड्का ऊर्जामन्त्री भएपछि भीयूसीएल अन्तरगतको जगदुल्ला हाइड्रोपावरको ठेक्कामा सेटिङ गरेको आरोप लागेको थियो । त्यतिबेला १६ अर्बको ठेक्का कम्पनीले प्रतिस्पर्धी चार कम्पनीलाई एक/एक प्रतिशतका दरले १५/१५ करोड दिने र मन्त्री र कर्मचारीलाई दुई प्रतिशत कमिसन दिने गरी लेनदेन भएको विषय अख्तियारमा पुगेको थियो ।
फेरि ठेक्का हुँदा समेत विवाद भएको थियो । अहिले भीयूसीएलभित्र कर्मचारीहरू पनि आन्दोलित छन् ।
जेन–जी आन्दोलनपछि ऊर्जा मन्त्रालयको नेतृत्व फेरिएसँगै शाहीले किन राजीनामा दिए भन्ने खुलेको छैन ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



