भारतमा अभिनेता विजयको चुनावी र्यालीको भागदौडमा ३९ जनाको मृत्यु
भारतको तमिलनाडु राज्यको करुरमा शनिबार राति चुनावी र्यालीमा भागदौड हुँदा कम्तीमा ३९ जनाको मृत्यु भएको छ ।
राजनीतिमा प्रवेश गरेका तामिल अभिनेता विजयको चुनावी र्यालीमा भागदौड हुँदा १७ जना महिला र १० बालबालिकासहित ३९ जनाको मृत्यु भएको हो । दुर्घटनामा १०० भन्दा धेरै घाइते भएका छन् ।
विजयको दल तमिलगा वेट्री कडगम (टीवीबे) ले तामिलनाडुको करुरमा चुनावी र्याली आयोजना गरेको थियो । प्रत्यक्षदर्शीका अनुसार शनिबार साँझ विजयले चुनावी र्यालीमा सम्बोधन सुरु गरेपछि एक्कासी भागदौड मच्चिएको थियो । बिजुली अवरुद्ध भएपछि मानिसहरुमा भागदौड मच्चिएको थियो ।
विजयको चुनावी भाषण सुन्न हजारौं मानिसहरु उपस्थित भएका थिए । विजय आउने भन्ने थाहा पाएपछि विहानैदेखि सर्वसाधारण भेला भएका थिए । विजय भने साँझ ७ बजेमात्र आएका थिए । विजयको गाडीलाई पछ्याउँदै ठूलो समूह करुर आएर चुनावी सभामा मिसिएको थियो ।
तामिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले मृतकलाई जनही १० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् ।
विजयले आफ्नो एक्समार्फत घटनाप्रति दुःख व्यक्त गर्दै मृत्यु हुनेको परिवारलाई जनही २० लाख रुपैयाँ राहत दिने घोषणा गरेका छन् । त्यस्तै घाइतेलाई २–२ लाख रुपैयाँ दिने बताएका छन् ।
विजयको दल टीवीकेले कार्यक्रममा १० हजार मानिस सहभागी हुने अनुमान गरेको थियो । तर प्रहरीका अनुसार २७ हजार मानिस सहभागी भएका थिए ।
विजयको यसअघिको चुनावी कार्यक्रम भन्दा यो धेरै अव्यवस्थित थियो । तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले घटनाको छानबिनका लागि एक सदस्यीय आयोग बनाएका छन् ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

