अर्थ मन्त्रालयले भन्यो- घरमा धेरै पैसा थुपार्नु पर्दैन
अर्थ मन्त्रालयले जेन-जी आन्दोलनको क्रममा जलेको वा जलेको अवस्थामा भेटिएको भन्ने सूचना र समाचारमा गम्भीर ध्यानाकर्षण जनाएको छ । मन्त्रालयले यसरी रकम राख्नुपर्ने अवस्था नरहेको पनि बताएको छ ।
एक सूचना निकाल्दै मन्त्रालयले सरकारले सेवा वा वस्तुको खरिद विक्री वा अन्य कारोवार वित्तीय संस्था वा बैंकिङ उपकरणमार्फत गर्ने गरी विद्युतीय कारोवारलाई प्रोत्साहित गरिरहेको जनाएको छ ।
‘विद्युतीय भुक्तानी मार्फत जुनसुकै सीमासम्मको रकमको कारोवार गर्न सकिने भएकोले ठूलो परिमाणमा नगद सञ्चय गरेर राख्नु पर्ने आवश्यकता छैन । अतः आफ्नो जुनसुकै कारोवार सम्भव भएसम्म विद्युतीय भुक्तानी मार्फत गर्न मन्त्रालयले अनुरोध गरेको छ ।
प्रचलित कानुन बमोजिम आय आर्जन भएको र स्रोत खुलेको रकमको जुनसुकै परिमाण आफूसँग वा अन्य स्थानमा सुरक्षित राख्न र उपयोग गर्न कुनै वाधा व्यवधान नरहेको सूचनामा उल्लेख छ ।
‘तर, विभिन्न व्यक्तिले स्रोत नखुलेको रकम आफ्नो निवास वा अन्यत्र लुकाई राखेको भन्नेबारे सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान भइरहेको छ,’ सूचनामा भनिएको छ ।
अहिले कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दश लाख रुपैयाँ वा सो भन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिद बिक्री वा अन्य कारोवार गर्दा बैंकिङ उपकरण मार्फत गर्नुपर्ने व्यवस्था छ । तर, कर सम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोही बमोजिम हुने व्यवस्था छ ।
नेपाल आउने नेपाली वा विदेशी नागरिकले ५ हजार अमेरिकी डलरसम्म र त्यति नै बराबरको भारतीय रुपैयाँ र अन्य देशका मुद्रा भन्सार घोषणा विना नेपालमा भित्र्याउन पाइन्छ । सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने छ ।
नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी कमाएको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रामध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १ हजार ५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था छ ।
मन्त्रालयले यी व्यवस्थाबारे जानकारी दिँदै यी कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही गर्न सबै निकायलाई सक्रिय गराइएको सूचनामा उल्लेख छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






