Podcasts
दीपकुमार उपाध्यायसँग कुराकानी
'अन्तरिम संविधान बनाउँदा छोटो बाटो हुन्छ'
जेनजी आन्दोलन चुनाव सार्न मात्र सीमित भयो भनेर अभियन्ताहरु असन्तुष्टि पोखिरहेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी संविधान संशोधन गर्नुपर्ने उनीहरुको मत छ ।
कांग्रेस नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि अन्तरिम संविधान बनाएर जानुपर्ने मत राखेका छन् । चुनाव घोषणाले तत्कालका लागि आगो निभाउने काम मात्र गरेको भन्दै उनले भनेका छन्, ‘संविधानमा पुनरावलोकन नगरी, संशोधन नगरी नेपालमा अब समाधान छैन भन्ने कुरामा म विश्वस्त छु ।’
त्यसैले अहिले अलिकति समय लिएर दलहरुको सहमतिमा अन्तरिम संविधान बनाएर जाँदा छोटो बाटो हुने उनको तर्क छ ।
पूर्व राजदूत उपाध्यायसँग गरेको कुराकानीको केही अंश :
- समाजमा कुण्ठा आक्रोश दुःख छँदै थियो । त्यो विभिन्न कोणबाट, आफ्नो आफ्नो शैलीमा सबैले अभिव्यक्त गरेकै हुन् । तर सत्ताको स्वार्थबाट अन्धो भए नेताहरु । म एउटा पार्टी विशेष, नेता विशेषलाई भन्न चाहन्न, नेतृत्व वर्गले यसलाई प्राथमिकता दिएन ।
- पार्टी, नेताहरूले विभिन्न कालखण्डमा लोकतन्त्रको लागि ठूलो योगदान गरेकै हुन् । तर लोकतन्त्रको मूल मर्म (इथिकल मोरल भ्यालुज) मा चाहिँ चुक्नुभयो । साम, दाम, दण्ड, भेद प्रयोग गरेर सत्तामा रहिरहने प्रवृत्ति सबै पार्टीमा देखिन थाल्यो । त्यसैको परिणाम हो यो ।
- हाम्रा युवा पुस्ताले यति छोटो समयमा एउटा अहम उद्दण्डतामा रहेको सरकार गर्लम्म कसरी ढल्न सक्छ भन्ने कुरा विश्व इतिहासमै सोधको विषय हुनसक्छ ।
- अब पार्टीहरुको मूल नेतृत्व र त्यसको वरिपरि रहेकाहरुले अवकाश लिनुपर्छ । बाबुरामजीले स्वेच्छिक रुपमा छाड्नुभयो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, कमसेकम सुरु गर्नुभयो । माओवादीले पनि अधिवेशन छिटो गर्ने भनेको छ, प्रचण्डजीले म चाहिँ होइन भन्नु भएको छ । यो शुभ संकेत हो । अरुले पनि जिम्मेवारी महसुस गरेर स्वेच्छापूर्वक बहिर्गमन गर्नुभयो भने उहाँहरुको भलो हुन्छ, पार्टीको भलो हुन्छ ।
- आफ्नो असक्षमतालाई ढाकछोप गर्न अनेक कन्स्पिरेसी थ्योरी बनाउनेतिर गयौं भने हामी झन् जटिलतातर्फ जान्छौं । पानी धमिलो बनाइदिएपछि माछा मार्न त जो पनि आउछ नि ! पानी धमिलो बनाउनेको चाहिँ दोष छ कि छैन ?
- जानेर नजानेर हामीले यस्तो संविधान बनायौं, जसले कुनै पार्टीको बहुमत आउने अवस्था छैन । त्यसैले संविधानमा पुनरावलोकन नगरी, संशोधन नगरी नेपालमा अब समाधान छैन भन्ने कुरामा म विश्वस्त छु । म त अहिले नै अलिकति समय लिएर दलहरुको सहमतिमा अन्तरिम संविधान बनाएर जाँदा छोटो बाटो हुन्थ्यो भन्छु । नत्र भने एक त चुनाव होला कि नहोला ? भइहाले पनि यसले समाधान दिनेवाला छैन । त्यो आगो निभाउने कुरो हो ।
- झन् झन् जटिलता बढ्दै गयो भने भोलिको दिनमा नेपाली सेनाको सामथ्र्यले सबै कुरो सम्भव छैन । नेपाली सेना पनि असफल भए आउने अन्तर्राष्ट्रिय सेना हो । युएनको नाममा आउने हो कि सक्नेले आफ्नो सामथ्र्य देखाएर ल्याउने हो । त्यसैले यो पार्टी त्यो पार्टी नभनेर, राष्ट्रलाई माया गर्ने सबै मान्छेहरुले पहिले राष्ट्रलाई चाहिँ जोगाऔं भनेर सोच्ने बेला आयो ।
प्रकाशित मिति:
आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
रास्वपाले बहुमत ल्याउँछ, मुख्य प्रतिस्पर्धी एमाले
मंगलबार, माघ १३, २०८२
बालेन र ओलीभन्दा अगाडि छन् गगन थापा
सोमबार, माघ १२, २०८२
१० हजार घरधुरीको उठीबास हुनसक्थ्यो, अब जोगियो
आइतबार, माघ ११, २०८२
बालेनको स्मार्ट मूभ र गगनले दिएको काउन्टर
आइतबार, माघ ११, २०८२
'बाबुराम दाइले कांग्रेसलाई गुन तिर्नु हुन्छ'
आइतबार, माघ ११, २०८२
काठमाडौं १ मा चुनाव लड्छु, ११ हजार भोट ल्याएर जित्छु
आइतबार, माघ ४, २०८२
ट्रेन्डिङ









