Podcasts
दीपकुमार उपाध्यायसँग कुराकानी
'अन्तरिम संविधान बनाउँदा छोटो बाटो हुन्छ'
जेनजी आन्दोलन चुनाव सार्न मात्र सीमित भयो भनेर अभियन्ताहरु असन्तुष्टि पोखिरहेका छन् । प्रत्यक्ष निर्वाचित कार्यकारी हुने गरी संविधान संशोधन गर्नुपर्ने उनीहरुको मत छ ।
कांग्रेस नेता एवं पूर्वराजदूत दीपकुमार उपाध्यायले पनि अन्तरिम संविधान बनाएर जानुपर्ने मत राखेका छन् । चुनाव घोषणाले तत्कालका लागि आगो निभाउने काम मात्र गरेको भन्दै उनले भनेका छन्, ‘संविधानमा पुनरावलोकन नगरी, संशोधन नगरी नेपालमा अब समाधान छैन भन्ने कुरामा म विश्वस्त छु ।’
त्यसैले अहिले अलिकति समय लिएर दलहरुको सहमतिमा अन्तरिम संविधान बनाएर जाँदा छोटो बाटो हुने उनको तर्क छ ।
पूर्व राजदूत उपाध्यायसँग गरेको कुराकानीको केही अंश :
- समाजमा कुण्ठा आक्रोश दुःख छँदै थियो । त्यो विभिन्न कोणबाट, आफ्नो आफ्नो शैलीमा सबैले अभिव्यक्त गरेकै हुन् । तर सत्ताको स्वार्थबाट अन्धो भए नेताहरु । म एउटा पार्टी विशेष, नेता विशेषलाई भन्न चाहन्न, नेतृत्व वर्गले यसलाई प्राथमिकता दिएन ।
- पार्टी, नेताहरूले विभिन्न कालखण्डमा लोकतन्त्रको लागि ठूलो योगदान गरेकै हुन् । तर लोकतन्त्रको मूल मर्म (इथिकल मोरल भ्यालुज) मा चाहिँ चुक्नुभयो । साम, दाम, दण्ड, भेद प्रयोग गरेर सत्तामा रहिरहने प्रवृत्ति सबै पार्टीमा देखिन थाल्यो । त्यसैको परिणाम हो यो ।
- हाम्रा युवा पुस्ताले यति छोटो समयमा एउटा अहम उद्दण्डतामा रहेको सरकार गर्लम्म कसरी ढल्न सक्छ भन्ने कुरा विश्व इतिहासमै सोधको विषय हुनसक्छ ।
- अब पार्टीहरुको मूल नेतृत्व र त्यसको वरिपरि रहेकाहरुले अवकाश लिनुपर्छ । बाबुरामजीले स्वेच्छिक रुपमा छाड्नुभयो । उहाँ धन्यवादको पात्र हुनुहुन्छ, कमसेकम सुरु गर्नुभयो । माओवादीले पनि अधिवेशन छिटो गर्ने भनेको छ, प्रचण्डजीले म चाहिँ होइन भन्नु भएको छ । यो शुभ संकेत हो । अरुले पनि जिम्मेवारी महसुस गरेर स्वेच्छापूर्वक बहिर्गमन गर्नुभयो भने उहाँहरुको भलो हुन्छ, पार्टीको भलो हुन्छ ।
- आफ्नो असक्षमतालाई ढाकछोप गर्न अनेक कन्स्पिरेसी थ्योरी बनाउनेतिर गयौं भने हामी झन् जटिलतातर्फ जान्छौं । पानी धमिलो बनाइदिएपछि माछा मार्न त जो पनि आउछ नि ! पानी धमिलो बनाउनेको चाहिँ दोष छ कि छैन ?
- जानेर नजानेर हामीले यस्तो संविधान बनायौं, जसले कुनै पार्टीको बहुमत आउने अवस्था छैन । त्यसैले संविधानमा पुनरावलोकन नगरी, संशोधन नगरी नेपालमा अब समाधान छैन भन्ने कुरामा म विश्वस्त छु । म त अहिले नै अलिकति समय लिएर दलहरुको सहमतिमा अन्तरिम संविधान बनाएर जाँदा छोटो बाटो हुन्थ्यो भन्छु । नत्र भने एक त चुनाव होला कि नहोला ? भइहाले पनि यसले समाधान दिनेवाला छैन । त्यो आगो निभाउने कुरो हो ।
- झन् झन् जटिलता बढ्दै गयो भने भोलिको दिनमा नेपाली सेनाको सामथ्र्यले सबै कुरो सम्भव छैन । नेपाली सेना पनि असफल भए आउने अन्तर्राष्ट्रिय सेना हो । युएनको नाममा आउने हो कि सक्नेले आफ्नो सामथ्र्य देखाएर ल्याउने हो । त्यसैले यो पार्टी त्यो पार्टी नभनेर, राष्ट्रलाई माया गर्ने सबै मान्छेहरुले पहिले राष्ट्रलाई चाहिँ जोगाऔं भनेर सोच्ने बेला आयो ।
प्रकाशित मिति:
आइतबार, असोज १२, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
दलभित्रै लोकतन्त्र छैन, त्यसैले अध्यक्षमा दुई कार्यकाल
बुधबार, पुस २, २०८२
'सिक्ने भनेकै फेल भएर हो, स्कुलमा फेल हुनै दिँदैन'
बुधबार, मंसिर १७, २०८२
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
शनिबार, मंसिर १३, २०८२
चिनियाँ रेल आए भारत हेरेर बस्दैन
सोमबार, मंसिर ८, २०८२
'वैशाख–जेठमा चुनाव, प्रतिशोधले बंगलादेश बन्छौं'
बिहीबार, मंसिर ४, २०८२
'दोस्रो पटक सरकारमा नगएको भए राम्रो हुन्थ्यो'
शनिबार, कात्तिक २९, २०८२
ट्रेन्डिङ








