नेभिगेशन
विश्व

अफगानिस्तानमा मोवाइल र इन्टरनेट सेवा बन्द 

अफगानिस्तानमा मंगलबार बिहानदेखि इन्टरनेट र मोवाइल सेवा बन्द भएको छ । 

अफगानिस्तानका सर्वसाधारण र अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायहरुले इन्टरनेट र मोवाइल सेवा बन्द भएको उल्लेख गरेका छन्, तर तालिबान सरकारले आधिकारिक रुपमा जवाफ दिएको छैन । 

अहिले अफगानिस्तानमा पुरै इन्टरनेट ब्ल्याकआउट जस्तै भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले आफ्नो काबुलस्थित कार्यालयसँग सम्पर्क स्थापित गर्न सकेका छैनन् । 

इन्टरनेट अवरुद्ध भएसँगै स्याटेलाइट टिभीहरु पनि अवरुद्ध हुने सम्भावना छ । तालिबान सरकारले इस्लामिक सरिया कानुनको आफुखुशी ब्याख्या गरेको छ र सोही ब्याख्या अनुसार इन्टरनेट अवरुद्ध भएको अनुमान छ । 

तालिबान सरकारले अर्को सूचना जारी नभएसम्मका लागि टेलिफोन सेवा बन्द हुने बताएको छ । अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजले आफ्नो टेलिभिजन र रेडियो नेटवर्कमा अवरोध आउन सक्ने अनुमान गरेको छ । र उसले पाठकहरुलाई सूचनाका लागि आफ्नो सोसल मिडिया पेज फलो गर्न भनेको छ । 

अफगानिस्तानको काबुलबाट हुने अन्तर्राष्ट्रिय फ्लाइटहरु पनि अवरुद्ध भएका छन् । 

फ्लाइट ट्र्याकिङ सर्भिस फ्लाइट राडारका अनुसार मंगलबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा जहाज उडान र अवतरणको सूची थियो, तर ती सबै क्यान्सिल भएका छन् । 

इन्टरनेश सेवा अवरुद्ध हुँदा ब्यांकिङ र ईकमर्स सिस्टम समेत प्रभावित हुनेछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप विश्व