अफगानिस्तानमा मोवाइल र इन्टरनेट सेवा बन्द
अफगानिस्तानमा मंगलबार बिहानदेखि इन्टरनेट र मोवाइल सेवा बन्द भएको छ ।
अफगानिस्तानका सर्वसाधारण र अनुगमन गर्ने अन्तर्राष्ट्रिय निकायहरुले इन्टरनेट र मोवाइल सेवा बन्द भएको उल्लेख गरेका छन्, तर तालिबान सरकारले आधिकारिक रुपमा जवाफ दिएको छैन ।
अहिले अफगानिस्तानमा पुरै इन्टरनेट ब्ल्याकआउट जस्तै भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले आफ्नो काबुलस्थित कार्यालयसँग सम्पर्क स्थापित गर्न सकेका छैनन् ।
इन्टरनेट अवरुद्ध भएसँगै स्याटेलाइट टिभीहरु पनि अवरुद्ध हुने सम्भावना छ । तालिबान सरकारले इस्लामिक सरिया कानुनको आफुखुशी ब्याख्या गरेको छ र सोही ब्याख्या अनुसार इन्टरनेट अवरुद्ध भएको अनुमान छ ।
तालिबान सरकारले अर्को सूचना जारी नभएसम्मका लागि टेलिफोन सेवा बन्द हुने बताएको छ । अफगानिस्तानको समाचार च्यानल टोलो न्यूजले आफ्नो टेलिभिजन र रेडियो नेटवर्कमा अवरोध आउन सक्ने अनुमान गरेको छ । र उसले पाठकहरुलाई सूचनाका लागि आफ्नो सोसल मिडिया पेज फलो गर्न भनेको छ ।
अफगानिस्तानको काबुलबाट हुने अन्तर्राष्ट्रिय फ्लाइटहरु पनि अवरुद्ध भएका छन् ।
फ्लाइट ट्र्याकिङ सर्भिस फ्लाइट राडारका अनुसार मंगलबार काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा ८ वटा जहाज उडान र अवतरणको सूची थियो, तर ती सबै क्यान्सिल भएका छन् ।
इन्टरनेश सेवा अवरुद्ध हुँदा ब्यांकिङ र ईकमर्स सिस्टम समेत प्रभावित हुनेछ ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

