इजरायलले जसलाई मार्न खोजेको थियो, शान्ति वार्तामा उनैले गर्ने छन् हमासको नेतृत्व
काठमाडौं । इजरायल र हमासको बीचमा छिट्टै अनौपचारिक वार्ता इजिप्टमा सुरु हुने बेला छ । यो बैठकमा हमासको नेतृत्व खलील अल हयाले गर्नेछन् ।
खलील अल हया त्यही व्यक्ति हुन्, जसलाई इजरायलले पछिल्लो महिना कतारको राजधानी दोहामा हत्या गर्ने कोसिस गरेको थियो ।
त्यो आक्रमणमा हमासका पाँच सदस्यको मृत्यु भएको थियो । कतारका पनि एक सुरक्षा अधिकारी मारिएका थिए ।
यो बैठकमा इजरायल र हमासका साथै अमेरिका र कताका पनि प्रतिनिधि सहभागी हुनेछन् ।
दुबै देश गाजामा शान्तिका लागि मध्यस्थको भूमिकामा छन् । अमेरिकाको तर्फबाट विशेष दूत स्टीव विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईँ जेरेड कुशनर सहभागी हुनेछन् । कतारका तर्फबाट प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी आफैं सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायली प्रतिनिधिमण्डलको नेतृत्व भने मन्त्री रोन डर्मरले गर्ने प्रधानमन्त्री कार्यालयले बताएको छ ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


