इजरायलले जसलाई मार्न खोजेको थियो, शान्ति वार्तामा उनैले गर्ने छन् हमासको नेतृत्व
काठमाडौं । इजरायल र हमासको बीचमा छिट्टै अनौपचारिक वार्ता इजिप्टमा सुरु हुने बेला छ । यो बैठकमा हमासको नेतृत्व खलील अल हयाले गर्नेछन् ।
खलील अल हया त्यही व्यक्ति हुन्, जसलाई इजरायलले पछिल्लो महिना कतारको राजधानी दोहामा हत्या गर्ने कोसिस गरेको थियो ।
त्यो आक्रमणमा हमासका पाँच सदस्यको मृत्यु भएको थियो । कतारका पनि एक सुरक्षा अधिकारी मारिएका थिए ।
यो बैठकमा इजरायल र हमासका साथै अमेरिका र कताका पनि प्रतिनिधि सहभागी हुनेछन् ।
दुबै देश गाजामा शान्तिका लागि मध्यस्थको भूमिकामा छन् । अमेरिकाको तर्फबाट विशेष दूत स्टीव विटकोफ र राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाईँ जेरेड कुशनर सहभागी हुनेछन् । कतारका तर्फबाट प्रधानमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानी आफैं सहभागी हुने अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
इजरायली प्रतिनिधिमण्डलको नेतृत्व भने मन्त्री रोन डर्मरले गर्ने प्रधानमन्त्री कार्यालयले बताएको छ ।
ट्रम्पलाई भेनेजुयलाजस्तो सजिलो छैन इरान
हाइ स्पिड रेलमा चीनको असाधारण प्रगति
अमेरिकाले मदुरोलाई बेडरुमबाटै उठाउनुको रहस्य
५ लाख सापट लिएर ब्यापार सुरु गरेका डांगोटे कसरी बने अफ्रिकाकै धनी ?
इमरानलाई महंगो पर्यो सेनासँगको लडाईं, मुनिरले लिइरहेका छन् बदला









