नियुक्तिको २६ दिनमै फ्रान्सका प्रधानमन्त्रीले दिए राजीनामा
फ्रान्सका प्रधानमन्त्री सेबस्टाइन लेकोर्नुले नियुक्तिको एक महिना नबित्दै राजीनामा दिएका छन् । अहिलेको अवस्थामा आफूले प्रधानमन्त्रीको दायित्व निर्वाह गर्न नसक्ने भन्दै उनले राजीनामा दिएका हुन् ।
सोमबार बिहान प्रधानमन्त्री लेकोर्नुले राष्ट्रपति इम्मानुयल म्याक्रोंसँग करिब एक घण्टा कुराकानी गरेका थिए । लेकोर्नुले फ्रान्सको प्रधानमन्त्री पद सम्हालेको जम्मा २६ दिन भएको छ । उनले मन्त्रिपरिषद गठन गरेको जम्मा एक दिन मात्र भएको छ ।
संसदमा रहेका राजनीतिक दलहरुले उनले बनाएको मन्त्रिपरिषदको कडा आलोचना गरेका थिए । यसअघिका प्रधानमन्त्री फ्रान्स्वा बायरु मन्त्रिपरिषदकै सदस्यहरु दोहोरिएपछि दलहरुले आलोचना गरेका थिए ।
धेरै दलहरुले अहिले फ्रान्समा अर्लि इलेक्सनको पक्षमा छन् । केहीले राष्ट्रपति इम्मानुयल म्याक्रोंको राजीनामा पनि मागेका छन् । तर राष्ट्रपति म्याक्रोंले सन् २०२७ मा आफ्नो कार्यकाल पूरा हुनुभन्दा पहिला राजीनामा नदिने बताएका छन् ।
अब राष्ट्रपति म्याक्रोंसँग तीनवटा मात्र विकल्प छ, उनले अर्को प्रधानमन्त्री नियुक्त गर्न सक्छन् । उनले संसद भंग गर्न सक्छन् वा आफैं राजीनामा दिन सक्छन् ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


