आयुक्त र प्रमुख आयुक्तको राजीनामा माग्दै अख्तियार पुगे जेनजी प्रतिनिधि
जेनजी आन्दोलनमा सहभागी एक समूहले प्रमुख आयुक्त र आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बाहिर प्रदर्शन गरेको छ ।
मंगलबार जेनजी प्रतिनिधिहरुले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरुलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेका हुन् ।
जेनजी आन्दोलनको प्रमुख मुद्दा भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ भन्ने रहेको भन्दै उनीहरुले अख्तियारका अहिलेका पदाधिकारीहरु यो भूमिका निर्वाह गर्न सक्षम नभएकाले स्वेच्छिक राजीनामा दिन आग्रह गरेको बताएका छन् ।
‘यो आयोगमा प्रश्न उठेका, निष्पक्ष नभएका आयुक्त र प्रमुख आयुक्त हुँदासम्म भ्रष्टाचार र दण्डहीनता अन्त्य हुने देखिएन’, मंगलबार अख्तियार पुगेका एक जेनजी प्रतिनिधि रिजन थापामगरले भने ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई विभिन्न मन्त्रालयको सचिव हुँदा सुरु भएको भ्रष्टाचार र अनियमितताका काण्डमा कुनै नै कुनै रुपमा जोडिएकाले उनको नेतृत्वमा अख्तियारले निष्पक्ष काम गर्न नसक्ने जेनजी प्रतिनिधिहरुको भनाइ छ ।
अख्तियारका पदाधिकारीहरुलाई बैधानिक रुपमा हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्छ । तर अहिले संसद नभएकाले वैधानिक रुपमा हटाउन सम्भव छैन । त्यसैले उनीहरुलाई स्वेच्छिक रुपमा राजीनामा दिएर जेनजी आन्दोलनको आशा पूरा गरिदिन आग्रह गरेको जेनजी प्रतिनिधि अमित खनालले बताए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






