आयुक्त र प्रमुख आयुक्तको राजीनामा माग्दै अख्तियार पुगे जेनजी प्रतिनिधि
जेनजी आन्दोलनमा सहभागी एक समूहले प्रमुख आयुक्त र आयुक्तहरुको राजीनामा माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बाहिर प्रदर्शन गरेको छ ।
मंगलबार जेनजी प्रतिनिधिहरुले अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र आयुक्तहरुलाई स्वेच्छिक राजीनामा दिन आग्रह गरेका हुन् ।
जेनजी आन्दोलनको प्रमुख मुद्दा भ्रष्टाचार र दण्डहीनताको अन्त्य हुनुपर्छ भन्ने रहेको भन्दै उनीहरुले अख्तियारका अहिलेका पदाधिकारीहरु यो भूमिका निर्वाह गर्न सक्षम नभएकाले स्वेच्छिक राजीनामा दिन आग्रह गरेको बताएका छन् ।
‘यो आयोगमा प्रश्न उठेका, निष्पक्ष नभएका आयुक्त र प्रमुख आयुक्त हुँदासम्म भ्रष्टाचार र दण्डहीनता अन्त्य हुने देखिएन’, मंगलबार अख्तियार पुगेका एक जेनजी प्रतिनिधि रिजन थापामगरले भने ।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई विभिन्न मन्त्रालयको सचिव हुँदा सुरु भएको भ्रष्टाचार र अनियमितताका काण्डमा कुनै नै कुनै रुपमा जोडिएकाले उनको नेतृत्वमा अख्तियारले निष्पक्ष काम गर्न नसक्ने जेनजी प्रतिनिधिहरुको भनाइ छ ।
अख्तियारका पदाधिकारीहरुलाई बैधानिक रुपमा हटाउन संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुपर्छ । तर अहिले संसद नभएकाले वैधानिक रुपमा हटाउन सम्भव छैन । त्यसैले उनीहरुलाई स्वेच्छिक रुपमा राजीनामा दिएर जेनजी आन्दोलनको आशा पूरा गरिदिन आग्रह गरेको जेनजी प्रतिनिधि अमित खनालले बताए ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






