खुल्यो अनौठो रिसोर्ट, जहाँ खानपिनसँगै उपचारको पनि सुविधा छ
चीनको अधिनमा रहेको सानो देश मकाउ जुवाका लागि संसारभर प्रसिद्ध छ ।
यो सानो देशमा करिब साढे ६ लाख मानिसहरु बसोबास गर्छन्, तर जुवा खेल्न संसारभरका मानिसहरु यही ठाउँलाई रोज्छन् ।
मकाउले जुवाका लागि अमेरिकाको लस भेगासलाई पछि पारेको २० वर्ष भइसक्यो ।
अहिले यही मकाउ शहरले अर्को पनि रेकर्ड बनाएको छ, विश्वकै पहिलो रिसोर्ट हस्पिटल सञ्चालन गरेर ।
हङकङको आइर्याड हस्पिटलले मकाउमा मेल्को रिसोर्ट एण्ड इन्टरनेनमेन्टसँग मिलेर अत्याधुनिक रिसोर्ट हस्पिटल सञ्चालनमा ल्याएको छ । यो रिसोर्ट हस्पिटलको गत सोमबार उद्घाटन गरिएको छ ।
१५ हजार स्क्यायर फिटमा फैलिएको मेल्को रिसोर्टमा ६ वटा क्यासिनो सञ्चालनमा छ । त्यसमध्ये एउटामा स्वास्थ्य उपचार सेवा पनि दिने गरी पहिलो रिसोर्ट हस्पिटल सञ्चालनमा ल्याइएको छ । जहाँ सिटीस्क्यान, एमआरआईजस्ता उपकरणहरु पनि राखिएको छ ।
मकाउ जुवाका लागि त प्रख्यात भइहाल्यो, तर पछिल्लो समय यसले हेल्थ टुरिजमको पनि केन्द्र बन्ने प्रयास गर्दैछ ।
फुर्सदको समय बिताउन मकाउ आएका पाहुनाहरुलाई एउटै छनामुनि स्वास्थ्य सेवा पनि दिने गरी रिसोर्ट होटल सञ्चालन गरिएको रिसोर्टका प्रमुख कार्यकारी अधिकृत लरेन्स हो ले बताएका छन् ।
रिसोर्ट हस्पिटलको नयाँ कन्सेप्टले चीन, हङकङ र अरु विदेशी पर्यटक पनि आकर्षित हुने अनुमान गरिएको छ । पर्यटकलाई लामो समय बस्न र धेरै खर्च गर्नका लाग रिसोर्ट हस्पिटलले प्रेरित गर्ने मेल्को रिसोर्टले बताएको छ ।
मकाउमा हरेक वर्ष करिब ४ करोड मानिसहरु आउने गरेका छन् । उनीहरुलाई स्वास्थ्य उपचारको राम्रो सेवा दिँदा मकाउ मेडिकल टुरिजमका लागि पनि प्रमुख गन्तव्य बन्न सक्ने आईर्याडका अध्यक्ष डेनिस टामको भनाइ छ ।
मकाउमा जुवा खेल्न चीन, हङकङ र एसियाका अरु देशबाट मानिसहरु आउने गरेका छन् ।
मकाउमा जुवा व्यवसाय फस्टाउन थालेको सन् २००० पछि हो । सरकारले मकाउलाई विश्वभरका क्यासिनो अपरेटरका लागि खुला गरेपछि यहाँ क्यासिनो व्यवसाय फस्टाउन थालेको हो ।
अहिले मकाउ सरकारको आम्दानीको प्रमुख स्रोत जुवा नै रहेको छ ।
कोरोना महामारीमा क्यासिनोहरु बन्द हुँदा मकाउको अर्थतन्त्रमा ठूलो धक्का लागेको थियो ।
त्यसैले महामारीपछि यहाँको सरकारले क्यासिनोमा मात्र भर नपरेर अन्य व्यवसाय र उद्योगको विकास र विस्तारमा जोड दिँदै आएको छ ।
त्यसका लागि मकाउ सरकारले सन् २०२३ मा डाइभर्सिफिकेसन प्लान ल्याएको थियो ।
जसमा शहरका एकै ठाउँमा पर्यटनसँगै अन्य सेवाहरु पनि दिन सक्ने सेन्टरहरु स्थापना गर्न प्रोत्साहन गर्दै आएको छ ।
त्यसपछि स्वास्थ्य सेवा, सूचना प्रविधि र इभेन्टहरु पनि मकाउमा फस्टाउँदै गएको छ ।
गत वर्ष मकाउमा क्यासिनोको राजस्व लगभग एक चौथाइले बढेर २८.३ बिलियन डलर पुगेको थियो ।
विश्वमा मेडिकल टुरिजम दशौं अर्ब डलरको छ । यो उद्योग अझै विस्तारकै चरणमा रहेको पनि व्यवसायीहरु बताउँछन् । त्यसैले मेडिकल टुरिजममा गरेको लगानी खेर नजानेमा व्यवसायी ढुक्क छन् ।
एसिया मेडिकल टुरिजमको मुख्य हब हो । अहिले धनी मानिसहरु कस्मेटिक सर्जरीका लागि दक्षिण कोरिया जान्छन् भने अरु धेरैथरि उपचारका लागि सिंगापुर जाने गरेका छन् ।
मेडिकल टुरिजमका लागि भारतका अस्पतालहरु पनि प्रमुख गन्तव्य हुन् । किनकी त्यहाँको उपचार सेवा पश्चिमा मुलुकको भन्दा धेरै सस्तो रहेको छ ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


