3 Minute
दोलखामा पहिरोका कारण फसेका ४ पर्यटकको उद्धार
दोलखाको बिगु गाउँपालिका–१ स्थित लप्ची गुम्बामा ध्यान तथा भ्रमणमा गई फर्कने क्रममा बीच बाटोमा फसेका चार जना विदेशी पर्यटकको बिहीबार उद्धार गरिएको छ ।
उनीहरुलाई बिहीबार बिहान १० बजे सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लामाबगरबाट खटिएको सुरक्षा फौज र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरी काठमाडौतर्फ पठाएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
उक्त गुम्बामा ध्यान तथा भ्रमणमा गएका रसियाका २ जना र स्वीजरल्याण्डका २ जना गरी ४ जना पर्यटक बाटो अवरुद्ध भएपछि सोही गाउँपालिकाको इलुकमा रहेको नासा हाइड्रोपावरमा बसेका थिए ।
उनीहरु असोज २१ गते गुम्बाबाट काठमाडौ फर्कने क्रममा दोलखाको लामाबगरस्थित लप्ची सडकको कच्ची बाटोमा सुख्खा पहिरो गई अलपत्र परेका थिए ।
प्रकाशित मिति:
बिहीबार, असोज २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






