माइतीघरबाट डा. निकोलस भुसाल पक्राउ
विभिन्न माग राखेर बिहीबार माइतीघर मण्डलमा प्रदर्शन गर्न गएका डा. निकोलस भुसाललाई प्रहरीले पक्राउ गरेको छ ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट माग पूरा नभएको भन्दै सामाजिक सञ्जालमा असोज २३ गते प्रदर्शन गर्ने प्रचार गरिएको थियो । तर जेनजीका कतिपय समूहले भने असोज २३ गते प्रदर्शनको कुनै कार्यक्रम नभएको प्रष्टीकरण दिएका थिए ।
सम्भावित प्रदर्शनलाई लक्षित गरेर माइतीघर क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । बिहीबार प्रदर्शनका लागि भेला हुँदै गरेका बेला डा. निकोलस भुसाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीबाहेक अन्य दुई जना पनि माइतीघर क्षेत्रबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भनेर कसैले पनि अनुमति लिएको थिएन । त्यसैले त्यहाँ प्रदर्शनका लागि भेला भएकाहरुलाई पक्राउ गरिएको हो ।
मेसीभन्दा कम उमेरमै गरे यमालले विश्वकपमा गोल
राप्रपाको महाधिवेशन मंसिर २६ देखि काठमाडौंमा
मेसीको बुबलाई के भएको हो ?, परिवारले निकाल्यो विज्ञप्ति
सर्लाहीबाट ७५ बोरा फर्सीको बियाँ बरामद
ह्याट्रिकसँगै मेसीले बनाए नयाँ रेकर्ड



-1781681783.png)
-1781759377.png)



