इलाम ३ महिनाका लागि विपद संकटग्रस्त घोषणा
सरकारले इलाम जिल्लालाई विपद संकटग्रस्त जिल्ला घोषणा गरेको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकले बाढी पहिरोबाट अति प्रभावित इलाम जिल्लालाई ३ महिनाका लागि विपद संकटग्रस्त घोषणा गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।
असोज १७ र १८ गतेको अविरल वर्षापछिको बाढी–पहिरोका कारण इलाममा मात्र ३७ जनाको मृत्यु भएको थियो ।
सरकारले भूमि आयोग र यसका सबै जिल्लाका जिल्ला समितिहरु पनि खारेज गरेको छ । केपी शर्मा ओली नेतृत्वको सरकारले एमाले नेता हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको थियो ।
उक्त आयोगको सबै जिल्लामा समितिहरु गठन गरेको थियो । ती समितिहरुमा कांग्रेस–एमालेका नेता कार्यकर्ताहरु थिए । अब ती सबै आयोगहरु खारेज भएका छन् ।
मन्त्रिपरिषद बैठकले प्रहरी नायव महानिरीक्षकहरु सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी पदस्थापनको निर्णय पनि गरेको छ ।
सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पती खोजविन समिति २०८१ ले पेश गरेको प्रतिवेदन कार्यान्वयनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको छ ।
अध्यागमन र भिजिट भिसाको सन्दर्भमा विगतदेखि देखिएको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवं छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाएको छ ।
नागरिक उडडयन क्षेत्रको सुधारका लागि गठित उच्चस्तरीय अध्ययन एवं सुझाव समितिको प्रतिवेदन संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयमा पठाएको छ ।
नेपाल विद्युत प्राधिकरणको जलविद्युत आयोजना निर्माणका लागि स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऊर्जा वन्ड चरणवद्ध रुपमा निष्कासन गर्न स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



