ट्रम्प होइन, मचाडोलाई नोबेल शान्ति पुरस्कार
                                                                    
                                
                            गाजाको शान्ति योजनाको प्रथम चरणमा यस्तो बेला उल्लेख्य प्रगति भएको थियो, जतिबेला नोबेल शान्ति पुरस्कारको घोषणा हुने समय भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको २० बुँदे शान्ति योजनाको पहिलो चरणलाई इजरायल र हमास दुबैले अनुमोदन गरेका छन् । अब सबै बन्धक रिहा हुनेछन्, अनि मानवीय सहायता फेरि गाजा पुग्नेछ ।
यो सहमतिका पछाडि राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण रह्यो । उनले हमास मात्र होइन, इजरायललाई पनि दबाव दिए । उनी युद्ध रोक्न मात्र होइन, नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत हुन चाहन्छन् ।
शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा पनि भयो । तर पुरस्कार समितिले ट्रम्प होइन, भेनेजुएलाकी राजनीतिकर्मी मारिआ कोरिना मचाडोलाई रोज्यो ।
पुरस्कार समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिवद्ध अगुवा भनेको छ र, उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गरिएको बताएको छ ।
नोबेल समितिका अध्यक्ष जोर्गेन वाटने फ्राइडनेसले मचाडो दक्षिण अमेरिकामा सहासको असाधारण उदाहरण भएको बताएका छन् ।
५८ वर्षकी मचाडो भेनेजुलएलाकी विपक्षी नेता हुन् । दुई पटक संसद सदस्य चुनिएकी उनी २०२४ मा राष्ट्रपतिको उम्मेदवार त थिइनन्, तर चुनावी अभियानभर विपक्षी नेताको भूमिका उनले नै निर्वाह गरेकी थिइन् ।
पछिल्लो समय निकोलस मुदुरो सरकारले उनलाई देश छाड्न रोक लगाएको छ । 
 
                                                    ४ मिनेटमा कसरी लुटियो विश्वकै सुरक्षित संग्रहालय ?
                                                    अनलाइन ठगीका बादशाह चेनको कम्बोडिया कनेक्सन
                                                    फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
                                                    जापानले पायो पहिलो महिला प्रधानमन्त्री
                                                    मादागास्कर जेनजी आन्दोलन : राष्ट्रपति भागे, सेनाले लियो सत्ता
                                                    
                    
-1761836913.jpg)




-1762094516.jpg)


