ट्रम्प होइन, मचाडोलाई नोबेल शान्ति पुरस्कार
गाजाको शान्ति योजनाको प्रथम चरणमा यस्तो बेला उल्लेख्य प्रगति भएको थियो, जतिबेला नोबेल शान्ति पुरस्कारको घोषणा हुने समय भएको थियो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको २० बुँदे शान्ति योजनाको पहिलो चरणलाई इजरायल र हमास दुबैले अनुमोदन गरेका छन् । अब सबै बन्धक रिहा हुनेछन्, अनि मानवीय सहायता फेरि गाजा पुग्नेछ ।
यो सहमतिका पछाडि राष्ट्रपति ट्रम्पको भूमिका महत्वपूर्ण रह्यो । उनले हमास मात्र होइन, इजरायललाई पनि दबाव दिए । उनी युद्ध रोक्न मात्र होइन, नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत हुन चाहन्छन् ।
शुक्रबार नोबेल शान्ति पुरस्कारको घोषणा पनि भयो । तर पुरस्कार समितिले ट्रम्प होइन, भेनेजुएलाकी राजनीतिकर्मी मारिआ कोरिना मचाडोलाई रोज्यो ।
पुरस्कार समितिले मचाडोलाई आँटिली र शान्तिप्रति प्रतिवद्ध अगुवा भनेको छ र, उनले प्रजातन्त्रका पक्षमा निर्वाह गरेको भूमिकाका लागि पुरस्कृत गरिएको बताएको छ ।
नोबेल समितिका अध्यक्ष जोर्गेन वाटने फ्राइडनेसले मचाडो दक्षिण अमेरिकामा सहासको असाधारण उदाहरण भएको बताएका छन् ।
५८ वर्षकी मचाडो भेनेजुलएलाकी विपक्षी नेता हुन् । दुई पटक संसद सदस्य चुनिएकी उनी २०२४ मा राष्ट्रपतिको उम्मेदवार त थिइनन्, तर चुनावी अभियानभर विपक्षी नेताको भूमिका उनले नै निर्वाह गरेकी थिइन् ।
पछिल्लो समय निकोलस मुदुरो सरकारले उनलाई देश छाड्न रोक लगाएको छ ।
इरानको चक्रब्यूहमा फसे ट्रम्प
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
७४ लाख फलोअर्स, ४४ हजार भोट, डा. तस्निम जाराको कथा
१७ वर्षसम्म देश फर्किन सकेनन्, अहिले सोझै प्रधानमन्त्री
मरुभूमिबाट कसरी धनाढ्यको शहर बन्यो दुबई ?

-1773931562.jpeg)


-1773656815.jpeg)

