एमालेकाे सचिवालय बैठकमा के भयो छलफल ?
प्रदीप ज्ञवाली भन्छन् : संकटका बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ
नेकपा एमालेको सचिवालय बैठक शुक्रबार सुरु भएको छ । असोज २६ गते बोलाइएको केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बोलाइएको हो ।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेताहरुले बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बस्नेछ । बैठकमा जेनजी आन्दोलन र त्यस क्रममा भएका घटनाहरुको समीक्षा हुनुका साथै सरकार र उसका गतिविधिबारे छलफल भएको ज्ञवालीले बताए ।
जेनजी आन्दोलनमा घुसपेठ भएको स्वयं जेनजीले नै भनेको भन्दै यो विषयमा निष्पष छानबिन गर्नुपर्ने विषय उठेको उनको भनाइ छ ।
सुशीला कार्की नेतृत्वको सरकारले विभाजित मनस्थितिहरुलाई जोड्नुपर्नेमा दलहरुलाई निषेध गर्ने बाटोमा लागेको विषय पनि नेताहरुले उठाएको ज्ञवालीले बताए ।
सरकारको गतिविधिका कारण निर्वाचनको वातावरण नबन्ने आशंका बढेको पनि उनको भनाइ छ ।
पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग पनि उठेको भन्दै ज्ञवालीले यसको जवाफ महाधिवेशनबाटै खोज्नुपर्ने बताए ।
पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग भए पनि वर्षौं लगाएर स्थापना गरेको लिगेसी जोगाउनुपर्ने र संकटका बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने उनको भनाइ छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






