नेभिगेशन
3 Minute

एमालेकाे सचिवालय बैठकमा के भयो छलफल ?

प्रदीप ज्ञवाली भन्छन् : संकटका बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्छ 

नेकपा एमालेको सचिवालय बैठक शुक्रबार सुरु भएको छ । असोज २६ गते बोलाइएको केन्द्रीय कमिटी बैठकअघि सचिवालय बैठक बोलाइएको हो । 

उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार नेताहरुले बोल्ने क्रम नसकिएका कारण बैठक शनिबार पनि बस्नेछ । बैठकमा जेनजी आन्दोलन र त्यस क्रममा भएका घटनाहरुको समीक्षा हुनुका साथै सरकार र उसका गतिविधिबारे छलफल भएको ज्ञवालीले बताए । 

जेनजी आन्दोलनमा घुसपेठ भएको स्वयं जेनजीले नै भनेको भन्दै यो विषयमा निष्पष छानबिन गर्नुपर्ने विषय उठेको उनको भनाइ छ । 

सुशीला कार्की नेतृत्वको सरकारले विभाजित मनस्थितिहरुलाई जोड्नुपर्नेमा दलहरुलाई निषेध गर्ने बाटोमा लागेको विषय पनि नेताहरुले उठाएको ज्ञवालीले बताए । 

सरकारको गतिविधिका कारण निर्वाचनको वातावरण नबन्ने आशंका बढेको पनि उनको भनाइ छ । 

पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग पनि उठेको भन्दै ज्ञवालीले यसको जवाफ महाधिवेशनबाटै खोज्नुपर्ने बताए । 

पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको माग भए पनि वर्षौं लगाएर स्थापना गरेको लिगेसी जोगाउनुपर्ने र संकटका बेला नेतृत्वको प्रतिरक्षा गर्नुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute