९ क्लबले भने : होम एन्ड अवेका लागि तयार छैनौं
नौ वटा ए डिभिजन क्लबहरूले आफूहरु होम एन्ड अवे फरम्याटमा लिग खेल्न तयारी नपुग्ने बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले आउँदो पुसमा शहीद स्मारक ए डिभिजन लिग सञ्चालन गर्ने तयारी गरेको छ । लिगलाई होम एण्ड अवे फरम्याटमा खेलाउने एन्फाको तयारी छ ।
तर शनिबार नौ वटा क्लबले ललितपुरको कुपण्डोलमा पत्रकार सम्मेलन गरी होम एण्ड अवे फरम्याटमा लिग खेल्न तयार नभएको बताएक हुन् ।
एन्फाले गत असोज ४ गते पत्रमार्फत शीर्ष डिभिजनका क्लबलाई असोज २६ गते लागि बैठकमा बोलाएको छ । तर, त्यो बैठक अगाडि नै क्लबहरूले एन्फाले आयोजना गर्न लागेको लिगमा होम एण्ड अवे नराख्न दबाब दिएका छन् ।
पत्रकार सम्मेलनमा न्युरोड टिम (एनआरटी), फ्रेन्ड्स क्लब, श्री भगवती क्लब, चर्च ब्वाइज युनाइटेड, मनाङ मर्स्याङ्दी क्लब, सातदोबाटो युथ क्लब, संकटा क्लब र मछिन्द्र क्लबका पदाधिकारीको उपस्थिति थियो ।
क्लबहरुले नेपाली फुटबलमा व्यावसायिकता, पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न एन्फाले आधारभूत मुद्दाहरुलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।
क्लबहरुले एन्फालाई एसियाली फुटबल महासंघ (एएफसी)सँग समन्वय गरि लिग सञ्चालन गर्न पूर्ण अधिकारसहितको स्वतन्त्र लिग समिति गठन गर्न आग्रह गरेका छन् । समितिलाई आर्थिक, कानुनी, निष्पक्ष तथा व्यवस्थित तरिकाले लिग व्यवस्थापन गर्न अधिकार दिनुपर्ने क्लबहरुको माग छ ।
त्यस्तै क्लबहरुले एन्फाले लिग आयोजना गर्नुभन्दा पहिले उचित पूर्वाधारमा सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिँदै ‘होम एन्ड अवे’ खेलका बारेमा स्पष्ट प्रावधान माग गरेका छन् ।
एन्फाले एएफसी र एन्फा स्वयंको मापदण्ड अनुरुप कम्तीमा १० वर्षको लागि घरेलु मैदानको कानुनी अधिग्रहणलाई सहज बनाउन माग गरेका छन् ।
क्लबहरुको जारी विज्ञप्तिमा अन्तर्राष्ट्रिय अभ्यास अनुसार क्लबहरुलाई ‘टिम लजिस्टिक’ र खेल सञ्चालन खर्च उपलब्ध गराउन र शीर्ष ६ भित्र अटाउने क्लबहरुको पुरस्कार रकम बढाउने माग पनि उल्लेख गरिएको छ ।
यसैगरी सम्बन्धित सरकारी निकायहरुसँगको समन्वयमा नेपालको कानूनअन्तर्गत ‘म्याच फिक्सिङ’ र सट्टेबाजी जस्ता आपराधिक कार्यलाई कडाईका साथ रोक्न आधिकारिक निकाय गठन गर्ने प्रस्ताव पनि क्लबहरुले गरेका छन् ।
एएफसी क्लब लाइसेन्स मापदण्डहरु पूरा गर्नुपर्ने आवश्यकतालाई जोड दिँदै एन्फालाई लिग सुरु हुनुभन्दाअघि नै सबै १४ टोलीले आवश्यक मापदण्डहरु पूरा गर्न सक्ने वातावरण सिर्जना गर्न क्लबहरुले आग्रह गरेका छन् ।
यसबीच सहभागी सबै टोलीसँग परामर्श र सहमतिपछि मात्र लिग ‘मोडेल’ र प्रतिस्पर्धाका नियमहरुलाई अन्तिम रूप दिन जोड दिइएको छ ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



