जेनजीलाई गुटबन्दीमा नलाग्न महावीर पुनको सुझाव, दिए इतिहासका ५ उदाहरण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गु्टबन्दी नगर्न जेनजी पुस्तालाई आग्रह गरेका छन् । गुटबन्दी र खुट्टा तानातान गरेर फाइदा भन्दा धेरै नोक्सान हुने उनको भनाइ छ ।
उनले नेपालको इतिहासमा घटेका ५ वटा उदाहरण प्रस्तुत गर्दै उनले जेनजी आन्दोलनको चाहना पूरा एकतावद्ध हुन आग्रह गरेका छन् । जेनजी युवाहरुमा गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति देखिएको भन्दै शिक्षामन्त्री पुनले नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहोर्याउन आग्रह गरेका छन् ।
शाहवंशीय शासनका क्रममा राजा रणबहादुर शाहको प्रतिनिधित्व कसले गर्ने भनेर गुटबन्दी सुरु भएको र यो क्रम गिर्वाणयुद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पालामा चरम बिन्दुमा पुगेको पुनले उल्लेख गरेका छन् । त्यही कारण नागरिकले १०४ वर्ष राणा शासन भोग्नुपरेको उनको भनाइ छ ।
उनले राणा शासनमा पनि वीरशमशेरको पालामा गुटबन्दी सुरु भएको र त्यही कारण उनीहरु कमजोर हुँदा २००७ सालमा जनक्रान्ति सफल भएको उदाहरण दिएका छन् ।
मन्त्री पुनका अनुसार २००७ सालको आन्दोलन सफल भएपछि पनि चुनावको विषयलाई लिएर राजनीतिक दलहरु बीच विवाद भएपछि राजा महेन्द्रले चुनाव नगराउन आलटाल गरेको उदाहरण दिएका छन् ।
उनले २०१७ देखि ४६ र २०४६ देखि २०८२ सालमा नेपालको राजनीतिमा भएको गुटबन्दी र खुट्टा तानातानको पनि लामो उदाहरण दिएका छन् ।
पढ्नुहोस् महावीर पुनले फेसबुकमा लेखेको लामो स्टाटस
राष्ट्रिय हितको लागि गुटबन्दी र खुट्टा तानातान गरेर फाईदा होइन नि झनै धेरै नोक्सान हुन्छ। त्यसैले अहिलेको परिप्रेक्षमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगरौं भन्ने मेरो अनुरोध जेन-जी सहित सम्पूर्ण राष्ट्रलाई माया गर्ने नेपालीहरुलाई अनुरोध छ। गुटबन्दी र खुट्टा तानातान गऱ्यो भने कसलाई फाईदा हुने रहेछ भन्ने कुरा तलको इतिहासको पाना बाट पनि सिकौं।
१) नाबालक राजा रणबहादुर शाहको प्रतिनिधि कसले गर्ने भनेर सुरु भएको गुटबन्दी र खुट्टा तानातान गीर्वाण युद्ध बिक्रम र राजेन्द्र बिक्रम शाहको पाला सम्म आई पुग्दा चरम बिन्दुमा पुगी सकेको थियो। त्यसैको परिणाम स्वरूप नेपाली जनताले १०४ बर्ष सम्म निरकुंश राणातन्त्र बेहोर्नु पऱ्यो।
२) राणातन्त्र सुरु भए पछि प्रधान मन्त्री वीर शम्सेर कै पाला देखि गुटबन्दी सुरु भयो। उनीहरुले राणा खलकलाई नै क वर्ग, ख वर्ग, ग बर्गका राणाहरुमा बर्गीकरण गरेर गुटबन्दी सुरु गरे र एउटा गुटले अर्को गुटको खुट्टा तानातान गरे । त्यसरी उनीहरु कमजोर भएर २००७ सालमा जनक्रान्ति द्वारा हटाईए ।
३) २००७ सालमा प्रजातन्त्रको घोषणा भए पनि २०१५ साल सम्म संसदिय चुनाव हुन सकेन। त्यसको खास कारण त्यति बेला जन्मेका र जन्मदै गरेका राजनैतिक दलहरुको बिचमा खुट्टा तानातान भयो फलस्वरूप राजा महेन्द्रले चुनाव नगराउन आलटाल गर्ने आधार पाए। अनि धेरै नै ढिलो भए पनि २०१५ सालमा आम चुनाव गरेर गठन भएको बहुमतको सरकारलाई बिघटन गरेर पञ्चायती व्यवस्था ल्याउने अवसर पाए। त्यो अवसरको सृजना त्यति बेलाको राजतैनिक समुह बिचको गुटवन्दी र खुट्टा तानातानको प्रवृतिले सृजना गरेको थियो।
४) २०१७ साल देखि २०४६ साल सम्मको इतिहास हेर्ने हो भने पञ्चायती शासन भित्र राजनैतिक दलहरु नभए पनि बिभिन्न गुटहरु थिए। सूर्यबहादुर थापा गुट, लोकेन्द्रबहादुर चन्द गुट, मरिचमान सिंह गुट जस्ता धेरै गुटहरु थिए र आपसमा खुट्टा तानातान गर्थे। अनि राजखलक भित्र पनि भूमिगत गिरोह भनेर चिनिने गुटहरु थिए र राजा बीरेन्द्रको कदम लाई असफल पार्ने चालवाजी खेल्थे। त्यहि कारणले गर्दा पञ्चायती व्यवस्था कम्जोर भयो र २०४६ सालको आन्दोलनमा ढल्यो।
५) २०४६ साल देखि २०८२ सालको अचानक बिष्फोटन भएको जेन-जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर बिश्लेसण गरौं र गर्नुहोस्। लोकतन्त्र आएपछि जेन-जी आन्दोलन सुरु हुँदा सम्म राजनैतिक पार्टीहरु बिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको कुरा सबैलाई थाहा छ। त्यसैको परिणाम स्वरूप जेन-जीहरु र आम जनताहरु मिलेर विष्फोटन स्वरूप आन्दोलन गरेको हो। आन्दोलन जेन-जीहरुले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका छन् किन भने जनता चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बर्वाद भएको देख्न नसकेर चरम आक्रोसित भएका थिए।
६) यो माथिको इतिहास हेरेर जेन-जीहरुले पाठ सिक्न अनुरोध छ। तपाईहरु भनेको एउटा निश्चित उमेरको युवाहरुको समुह हो । तपाईहरुको राजनितिक संगठन छैन। तपाईंहरुले देशमा सुशासन ल्याउन चाहनु हुन्छ र भ्रष्टाचार निर्मुल पार्न चाहनु हुन्छ। अनि तपाईहरुले नेपाललाई एउटा समृद्ध देश बनाउने सपना देख्नु भएको छ। यो सपना पुरा गर्नको लागि तपाईंहरुमा एकताको अत्यन्तै खाँचो देखेको छु। किन भने तपाइहरु बिचमा पनि गुटबन्दी र खुट्टा तानातान गर्ने प्रवृत्ति हावी हुदैछ। मातृभुमीको अस्तित्वको लागि म विनम्र अनुरोध गर्दछु की नेपालमा गुटबन्दी र खुट्टा तानातानको इतिहास नदोहऱ्याउनु होस्।
धन्यवाद - महावीर पुन
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)






