माओवादी नेता कृष्णबहादुर महरा पक्राउ
नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
भेपमार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।
यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री रहेका बेला २०८० चैत ५ गते महरालाई सीआईबीले पक्राउ गरेको थियो ।
तर उनको स्वास्थ्य अवस्थाको कारण भन्दै चैत ९ गते हाजिर जमानीमा छाडिएको थियो ।
चिनियाँ व्यापारीले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन नेपाल ल्याएका थिए । एयरपोर्ट भन्सारका कर्मचारीले शंका लागेर त्यसलाई रोकेका थिए । महराले उक्त सामान छुटाउन भनसुन गरेको आरोप लागेको छ ।
सीआईबीका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठका अनुसार २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान भेपमा लुकाएर ल्याएको ८ करोड ५५ लाख २८ हजार रुपैयाँको सुन बेचबिखन गरेर आपराधिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि महरा पक्राउ परेका हुन् ।
यो प्रकरणमा उनको छोरा राहुल भने पक्राउ परेर मुद्दा चलेको र हाल पुर्पक्षका लागि थुनामा छन् ।
हेर्नुहोस् सीआईबीको विज्ञप्ति

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






