नेभिगेशन
3 Minute

माओवादी नेता कृष्णबहादुर महरा पक्राउ

नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन् । 

भेपमार्फत भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । 

यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री रहेका बेला २०८० चैत ५ गते महरालाई सीआईबीले पक्राउ गरेको थियो ।

तर उनको स्वास्थ्य अवस्थाको कारण भन्दै चैत ९ गते हाजिर जमानीमा छाडिएको थियो ।

चिनियाँ व्यापारीले इलेक्ट्रिक चुरोट (भेप) मा लुकाएर सुन नेपाल ल्याएका थिए । एयरपोर्ट भन्सारका कर्मचारीले शंका लागेर त्यसलाई रोकेका थिए । महराले उक्त सामान छुटाउन भनसुन गरेको आरोप लागेको छ । 

सीआईबीका सूचना अधिकारी एसएसपी शिवकुमार श्रेष्ठका अनुसार २ वटा सुटकेशभित्र ७३ वटा बट्टामा रहेको ७३० थान भेपमा लुकाएर ल्याएको ८ करोड ५५ लाख २८ हजार रुपैयाँको सुन बेचबिखन गरेर आपराधिक लाभ लिएको आरोपमा अनुसन्धानका लागि महरा पक्राउ परेका हुन् । 

यो प्रकरणमा उनको छोरा राहुल भने पक्राउ परेर मुद्दा चलेको र हाल पुर्पक्षका लागि थुनामा छन् । 

हेर्नुहोस् सीआईबीको विज्ञप्ति

gold-CIB-1760267605.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute