लिग गर्न नसक्ने हो भने एन्फा नेतृत्वको औचित्य छैन : फुटबल खेलाडी संघ
नेपाल फुटबल खेलाडी संघले अखिल नेपाल फुटबल संघ (एन्फा)को नेतृत्वका कारण दुई वर्षदेखि ए डिभिजन लिग हुन नसकेको भन्दै विरोध जनाएको छ ।
अहिलेको एन्फा नेतृत्वले फुटबलमाथि अन्याय गरिएको र लिग गर्न नसक्ने हो भने नेतृत्वमा बसिरहनु नैतिक नहुने पनि बताएको छ ।
फुटबल खेलाडी संघका अध्यक्ष बिक्रम लामाले मंगलबार एक विज्ञप्ति जारी गरी पुस ९ गतेदेखि तोकिएको ए डिभिजन लिग जसरी पनि सञ्चालन गर्न माग गरेको छ ।
‘यदि फेरि पनि विभिन्न कारण देखाई प्रतियोगिताका कार्यक्रमहरु परिवर्तन वा रोकिएको खण्डमा उत्पन्न हुने सम्पूर्ण अवस्थाको जिम्मेवारी अखिल नेपाल फुटबल संघले लिनुपर्नेछ’, विज्ञप्तिमा भनिएको छ ।
लिग नभएकै कारण एक सय भन्दा बढी खेलाडी रोजगारीका लागि विदेशिएको भन्दै खेलाडी संघले घरेलु फुटबल चलायमान बनाउन एन्फा नेतृत्वले विश्वास दिलाउन नसकेको बताएको छ ।
हेर्नुहोस् फुटबल खेलाडी संघको विज्ञप्ति

रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






