सुन तस्करी प्रकरणमा माओवादी नेता महरा थुनामा पठाइए
सुन तस्करीमा संलग्नको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।
बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा सुनुवाइ हुँदा न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
अदालतको आदेशलगत्तै उनलाई सुन्धाराको केन्द्रीय कारागार पठाइएको छ ।
२०७९ पुसमा चीनबाट विद्युतीय चुरोट भेपमा लुकाएर ९ किलो सुन तस्करी भएको घटनामा महरा आरोपित थिए ।
चिनियाँ ब्यापारीले ल्याएको भेपमा सुन तस्करी भएको शंकामा त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्यसलाई रोकेको थियो । ती सामान छुटाउन महराले दबाब दिएको देखिएको भन्दै सरकारले गठन गरेको सुन तस्करी जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।
जाँचबुझ आयोगले सिफारिस गर्दा प्रचण्ड प्रधानमन्त्री र रवि लामिछाने गृहमन्त्री थिए । त्यतिबेला पनि महरा पक्राउ परेका थिए, सीआईबीले दुई दिन बयान लिए पनि बयान नसकिँदै महरा छुटेका थिए ।
त्यसपछि लामो समयसम्म यो प्रकरणको अनुसन्धान सीआईबीमै पेन्डिङ रहेको थियो । असोज २५ गते सीआईबीले महरालाई पक्राउ गरेको थियो । महराको बयान लिएपछि आज अदालतमा पेश गरिएको थियो । त्यसपछि अदालतले बुधबार नै पुर्पक्षका लागि थुनामा पठाएको हो । यो सुन तस्करी प्रकरणमा महराका छोरा राहुल पुर्पक्षका लागि थुनामै छन् ।
जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपक श्रेष्ठका अनुसार अब यो मुद्दामा नियमित सुनुवाइ पनि छिटै सुरु हुनेछ ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान






-1765982600.jpg)


