एमालेबाहेक सबै दल चुनावका लागि तयार छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेक सबै राजनीतिक दलहरु चुनावमा जान तयार रहेको बताएका छन् ।
शुक्रबार बिहान चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान राजनीतिक अवस्थाले चुनावबाहेक अर्को उत्तम विकल्प नदिएको जिकिर गरे ।
'राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्', उनले भने ।
संसद पुनःस्थापनाको एजेण्डा गौण बनेको भन्दै उनले एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उनको जिकिर छ । प्रचण्डले भने, 'ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।'
नेकपा एमालेले भने संसद विघटन असंवैधानिक भएको भन्दै संसद पुनर्स्थापनामा नै जोड दिएको छ । अहिलेको सरकारले चुनाव गराउन नसक्ने एमालेको निश्कर्ष छ ।
प्रचण्डले पार्टीको प्राथमिक कार्य निर्वाचन रहेको भन्दै त्यसको तयारीमा लाग्न निर्देशन पनि दिए ।
'माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ', उनले भने ।
उखुको न्यूनतम मूल्य प्रतिक्वीन्टल ६२० रुपैयाँ
महेश बस्नेतको अगुवाइमा गुण्डुमा बन्दैछ ओली कुटी
नेपालमा १०० भारु भन्दा माथिका नोट पनि चलाउन भारतको अनुमति
नलिन्चोक हेलिप्याड प्रकरण, प्रदीप अधिकारीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
उज्यालो नेपाल पार्टीमा खुले कुलमान






-1765982600.jpg)


