एमालेबाहेक सबै दल चुनावका लागि तयार छन् : प्रचण्ड
नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले एमाले बाहेक सबै राजनीतिक दलहरु चुनावमा जान तयार रहेको बताएका छन् ।
शुक्रबार बिहान चितवनको भरतपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले वर्तमान राजनीतिक अवस्थाले चुनावबाहेक अर्को उत्तम विकल्प नदिएको जिकिर गरे ।
'राष्ट्रपति, प्रधानमन्त्री, प्रमुख दलहरू, अन्तर्राष्ट्रिय समुदाय, सबैले निर्वाचन नै अबको प्राथमिकता हो भन्ने निष्कर्षमा पुगेका छन् । जनताले पनि परिवर्तनको मार्ग निर्वाचनमार्फत रोज्ने छन्', उनले भने ।
संसद पुनःस्थापनाको एजेण्डा गौण बनेको भन्दै उनले एमालेभित्र पनि बहुमत चुनावका पक्षमा रहेको उनको जिकिर छ । प्रचण्डले भने, 'ढिलोछिटो सबै दल चुनावमा जान्छन् ।'
नेकपा एमालेले भने संसद विघटन असंवैधानिक भएको भन्दै संसद पुनर्स्थापनामा नै जोड दिएको छ । अहिलेको सरकारले चुनाव गराउन नसक्ने एमालेको निश्कर्ष छ ।
प्रचण्डले पार्टीको प्राथमिक कार्य निर्वाचन रहेको भन्दै त्यसको तयारीमा लाग्न निर्देशन पनि दिए ।
'माओवादी केन्द्र अब फेरि जनताको विश्वास प्राप्त गरेर मुलधारको पार्टी बन्ने निश्चित छ । हामी सबैले एक भएर निर्वाचनमा जानुपर्छ', उनले भने ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



