गगनले खोजे मंसिरभित्र नयाँ नेतृत्व आउने ग्यारेन्टी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले वडा अधिवेशन र महाधिवेशन प्रतिनिधि चुनेर केन्द्रको महाधिवेशन गर्ने, सबै तहको अधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने तीन वटा विकल्प अघि सारेका छन् ।
तर तीनवटै विकल्पको एउटै सार छ, मंसिरभित्र नयाँ नेतृत्व आउने ग्यारेन्टी ।
कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल यही मंसिरमा सकिँदैछ । तर पार्टी नेतृत्व विधानले दिएको सुविधालाई प्रयोग गरेर संस्थापन पक्ष केही समय कार्यकाल लम्ब्याउने तयारीमा थियो ।
सेप्टेम्बर ८ को जेनजी विद्रोहपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र महाधिवेशन गर्ने र नयाँ नेतृत्व लिएर चुनावमा जाने मुद्दालाई बलियोसँग उठाएका छन् ।
२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर समेत बुझाएका छन् ।
चर्को दबावपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका छन् । तर महाधिवेशन कहिले गर्ने भन्नेमा संस्थापन र इतर पक्षको फरक फरक मत छ ।
शुक्रबार केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाले नयाँ नेतृत्वका साथ चुनावमा जाने गरी कार्यतालिका पेश गरेका छन् ।
उनको पहिलो विकल्प छ, वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि चयन गर्ने र मंसिर २७, २८ र २९ गते केन्द्रीय महाधिवेशन गर्ने ।
दोस्रो विकल्पमा वडादेखि सबै तहको अधिवेशन गर्ने र मंसिर २७, २८ र २९ गते केन्द्रीय महाधिवेशन गर्ने ।
नियमित महाधिवेशन नगर्र्ने हो भने मंसिरभित्र विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको प्रस्ताव छ ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?


-1761836913.jpg)


-1762264790.jpg)



