गगनले खोजे मंसिरभित्र नयाँ नेतृत्व आउने ग्यारेन्टी
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका छन् । उनले वडा अधिवेशन र महाधिवेशन प्रतिनिधि चुनेर केन्द्रको महाधिवेशन गर्ने, सबै तहको अधिवेशन गर्ने वा विशेष महाधिवेशन गर्ने तीन वटा विकल्प अघि सारेका छन् ।
तर तीनवटै विकल्पको एउटै सार छ, मंसिरभित्र नयाँ नेतृत्व आउने ग्यारेन्टी ।
कांग्रेसको वर्तमान कार्यसमितिको चार वर्ष कार्यकाल यही मंसिरमा सकिँदैछ । तर पार्टी नेतृत्व विधानले दिएको सुविधालाई प्रयोग गरेर संस्थापन पक्ष केही समय कार्यकाल लम्ब्याउने तयारीमा थियो ।
सेप्टेम्बर ८ को जेनजी विद्रोहपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले मंसिरभित्र महाधिवेशन गर्ने र नयाँ नेतृत्व लिएर चुनावमा जाने मुद्दालाई बलियोसँग उठाएका छन् ।
२ हजार ४८८ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर समेत बुझाएका छन् ।
चर्को दबावपछि कांग्रेस सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यबाहक दिएका छन् । तर महाधिवेशन कहिले गर्ने भन्नेमा संस्थापन र इतर पक्षको फरक फरक मत छ ।
शुक्रबार केन्द्रीय कार्यसमितिमा महामन्त्री थापाले नयाँ नेतृत्वका साथ चुनावमा जाने गरी कार्यतालिका पेश गरेका छन् ।
उनको पहिलो विकल्प छ, वडा अधिवेशन र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गरेर महाधिवेशन प्रतिनिधि चयन गर्ने र मंसिर २७, २८ र २९ गते केन्द्रीय महाधिवेशन गर्ने ।
दोस्रो विकल्पमा वडादेखि सबै तहको अधिवेशन गर्ने र मंसिर २७, २८ र २९ गते केन्द्रीय महाधिवेशन गर्ने ।
नियमित महाधिवेशन नगर्र्ने हो भने मंसिरभित्र विशेष महाधिवेशन गर्नुपर्ने महामन्त्री थापाको प्रस्ताव छ ।
खोटाङमा हेलिकप्टर दुर्घटना, सबै जना सकुशल
जेनजी शहीदकी आमा सुदनलाई भेट्दा भावुक
सांसदले गाउँपालिकालाई निर्देशन दिन मिल्छ ?
नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्रमा के छ ?
संसद बिघटनको मुद्दामा किन ढिलाइ ?

-1773931562.jpeg)
-1773930665.jpeg)


-1773656815.jpeg)

