योगेशले ओलीलाई नेतृत्व छाड्न दिएका दुई विकल्प
एमाले सचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व छाड्न दुई विकल्प दिएका छन् । तत्कालै पार्टीका वरिष्ठतम नेतालाई कार्यबाहक दिने वा अहिले नेतृत्व हस्तान्तरणको पूर्वघोषणा गर्ने र महाधिवेशनबाट अर्को नेतृत्व छनोट गर्ने भट्टराईले विकल्प दिएका छन् ।
यो दुईमध्ये एक विकल्प छनोट गर्ने जिम्मा ओलीलाई नै दिनुपर्ने उनको भनाई छ । नेतृत्व हस्तान्तरण गरेर लिडर अफ रिकन्सिलियसन अर्थात मेलमिलापको नेता भएर बस्न पनि ओलीलाई भट्टराईको सुझाव छ । नेता भट्टराईले भदौ २३ र २४ गतेको घटना हुँदा एमाले नेतृत्वको सरकार रहेकाले त्यसमा भएका कमी कमजोरीप्रति जनतासँग क्षमायाचना गर्नुपर्ने पनि बताएका छन् ।
सबै ठीकठाक थियो, हामीले गल्ती नै गरेका थिएनौंं भन्नु अतिवाद भएको उनको भनाइ छ । उनले अब संसद पुनस्र्थापनाको माग नराखी चुनावमा जानुपर्ने पनि मत राखेका छन् ।
उनले निर्वाचनको तयारीमा तिब्रताका साथ लाग्नुपर्ने भन्दै निर्वाचित संसदमार्फत जेनजीले उठाएका मागको सम्बोधन गर्नुपर्ने पनि बताएका छन् । भट्टराईले तोकिएको समयमा चुनाव गराउन सरकार असफल भए मात्र संसद पुनस्र्थापनाको माग गर्नुपर्ने बताए ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






