नेभिगेशन
3 Minute

सेनाले भन्यो : चुनावका लागि सुरक्षा चिन्ता हुन्न 

नेपाली सेनाले निर्वाचनका लागि सुरक्षित वातावरण बन्ने बताएको छ । शुक्रबार नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी मनोज थापाले सबै पक्षले सकारात्मक भूमिका निर्वाह गरेमा चुनावको शान्तिपूर्ण रुपमा हुने बताएका छन् । 

विशेष परिस्थितिमा चुनाव हुन लागेकाले यसलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको पनि उनले बताए । शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन गृह मन्त्रालय अन्तर्गत सबै सुरक्षा संयन्त्र रहेको समिति सक्रिय भइसकेको सहायक रथी थापाको भनाइ छ ।

उक्त समितिले शान्ति सुरक्षाको अवस्था कसरी सदृढ बनाउने जनतालाई सुरक्षा दिने विषयमा योजना बनाएर कार्यान्वयन गर्नेछ । 

चुनाव सफल बनाउन राजनीतिक दल र सञ्चार माध्यमको पनि सकारात्मक भूमिका हुने उनको भनाइ छ । ‘सबैले पहल गरे शान्ति सुरक्षाको अवस्था बन्दै जान्छ’, सहायक रथी थापाले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute