3 Minute
सेनाले भन्यो : चुनावका लागि सुरक्षा चिन्ता हुन्न
नेपाली सेनाले निर्वाचनका लागि सुरक्षित वातावरण बन्ने बताएको छ । शुक्रबार नेपाली सेनाले गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी मनोज थापाले सबै पक्षले सकारात्मक भूमिका निर्वाह गरेमा चुनावको शान्तिपूर्ण रुपमा हुने बताएका छन् ।
विशेष परिस्थितिमा चुनाव हुन लागेकाले यसलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको पनि उनले बताए । शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन गृह मन्त्रालय अन्तर्गत सबै सुरक्षा संयन्त्र रहेको समिति सक्रिय भइसकेको सहायक रथी थापाको भनाइ छ ।
उक्त समितिले शान्ति सुरक्षाको अवस्था कसरी सदृढ बनाउने जनतालाई सुरक्षा दिने विषयमा योजना बनाएर कार्यान्वयन गर्नेछ ।
चुनाव सफल बनाउन राजनीतिक दल र सञ्चार माध्यमको पनि सकारात्मक भूमिका हुने उनको भनाइ छ । ‘सबैले पहल गरे शान्ति सुरक्षाको अवस्था बन्दै जान्छ’, सहायक रथी थापाले भने ।
प्रकाशित मिति:
शुक्रबार, असोज ३१, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
3 Minute
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
मंगलबार, भदौ १६, २०८३
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
बिहीबार, भदौ ११, २०८३
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
बिहीबार, भदौ ११, २०८३
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
आइतबार, भदौ ७, २०८३
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति
शुक्रबार, भदौ ५, २०८३
मासु पसलमाथि कडाइ, अब कस्तो हुनुपर्छ ?
शुक्रबार, भदौ ५, २०८३
ट्रेन्डिङ

-1790087654.png)






