नेभिगेशन
3 Minute

सिंहदरबार आगलागीबारे सेना : मानवीय सुरक्षा हेरेर काम गर्‍यौं 

नेपाली सेनाले ठूलो मानवीय क्षति हुने देखिएपछि सिंहदरबार आगलागीबाट रोक्न नसकेको प्रतिक्रिया दिएको छ । 

जंगीअड्डाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी अनुपजंग थापाले भौतिक सुरक्षा भन्दा मानवीय सुरक्षा हेरेर आगलागी नियन्त्रण गर्न नसकेको बताए । 

‘समग्र घटनामा शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहल लिएको तर मानवीय सुरक्षा भौतिक सुरक्षा भन्दा महत्वपूर्ण रहेको बुझाइ यहाँहरुलाई अनुरोध गर्दछु’, उनले भने ।  

सिंहदरबार आगलागी रोक्न सेनाले न्यूनतम बल प्रयोग गर्दा अराजक भीड पछाडि नहटेको पनि उनले बताए । 

‘सिंहदरबारमा अत्यन्त संयमता अपनाई घातक शक्ति भन्दा कमका उपाय ग्रयाजुएटेड रेस्पोन्समा लेस द्यान लिटल उपायहरु अपनाइएकै हो’, उनले भने, ‘४६ राउन्ड हवाइ फायर र २–२ पटक मूलगेटबाट छिरेको उत्तेजित हुललाई भौतिक रुपमा धकेलेर सम्झाएर बाहिर फर्काइएको थियो ।’ 

तर पछि चारै दिशाबाट ठूलो संख्यामा आक्रोशित समूह सिंहदरबारभित्र प्रवेश गरेपछि ठूलो मानवीय क्षतिको माध्यमबाट बाहेक उनीहरुलाई रोक्न नसक्ने देखिएको सहायक रथी थापाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute