सडक र पुलका २५८ ठेक्का तोडिंदै
सडक र पुल निर्माण नगरी वर्षौं अलपत्र छाडिएका दर्जनौं आयोजनाहरुको ठेक्का तोड्न लागिएको छ । सडक विभागले ५० रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले रुग्ण आयोजना ठेक्का तोड्न निर्देशन दिएपछि सडक विभाग अन्तरगतका आयोजना र डिभिजनहरुले धमाधम सूचना निकालिरहेका छन् ।
अहिलेसम्म सूचना नै निकालेर ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । सडक विभाग मातहत मात्रै २५८ वटा ठेक्का तोड्ने तयारी छ ।
ठेक्का तथा योजनाको पटक–पटक म्याद थप्दा पनि काम नभएपछि अब नयाँ ठेक्का लगाउने गरी ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।
सूचनाहरुमा ठेकेदारसँग १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका र स्रोत साधन परिचालनको भरपर्दो योजना मागिएको छ । काम सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन भनिएको छ ।
ठेक्का तोडिएपछि यस्ता ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने छ । सँगै कार्यसम्पादन जमानत, धरौटी बापतको रकम जफत गर्दै पेश्कीसिहत पेश्की रकमको १० प्रतिशत ब्याज असुल गरिने छ ।
भौतिक पूर्वाधारमन्त्री घिसिङले काम नगर्ने ठेकेदारमाथि कारवाही गर्दा आफूले कुनै दबाब नदिने भन्दै निडर भएर ठेक्का तोड्न शहरी विकास मन्त्रालय अन्तरगतका विभाग र आयोजनालाई पनि निर्देशन दिइसकेका छन् ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?
मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?

-1761836913.jpg)







