सडक र पुलका २५८ ठेक्का तोडिंदै
सडक र पुल निर्माण नगरी वर्षौं अलपत्र छाडिएका दर्जनौं आयोजनाहरुको ठेक्का तोड्न लागिएको छ । सडक विभागले ५० रुग्ण आयोजनाको ठेक्का तोड्ने प्रक्रिया सुरु गरिसकेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले रुग्ण आयोजना ठेक्का तोड्न निर्देशन दिएपछि सडक विभाग अन्तरगतका आयोजना र डिभिजनहरुले धमाधम सूचना निकालिरहेका छन् ।
अहिलेसम्म सूचना नै निकालेर ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ । सडक विभाग मातहत मात्रै २५८ वटा ठेक्का तोड्ने तयारी छ ।
ठेक्का तथा योजनाको पटक–पटक म्याद थप्दा पनि काम नभएपछि अब नयाँ ठेक्का लगाउने गरी ठेक्का तोड्ने प्रक्रिया अघि बढेको हो ।
सूचनाहरुमा ठेकेदारसँग १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संसोधित कार्यतालिका र स्रोत साधन परिचालनको भरपर्दो योजना मागिएको छ । काम सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्यतथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन भनिएको छ ।
ठेक्का तोडिएपछि यस्ता ठेकेदार कम्पनीलाई कालोसूचीमा राखिने छ । सँगै कार्यसम्पादन जमानत, धरौटी बापतको रकम जफत गर्दै पेश्कीसिहत पेश्की रकमको १० प्रतिशत ब्याज असुल गरिने छ ।
भौतिक पूर्वाधारमन्त्री घिसिङले काम नगर्ने ठेकेदारमाथि कारवाही गर्दा आफूले कुनै दबाब नदिने भन्दै निडर भएर ठेक्का तोड्न शहरी विकास मन्त्रालय अन्तरगतका विभाग र आयोजनालाई पनि निर्देशन दिइसकेका छन् ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



