विश्व
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । मंगलबार लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सनई टकाइचीलाई संसदले प्रधानमन्त्री चुनेको हो ।
जापानको तल्लो सदनमा भएको मतदानमा टकाइचीले २३७ मत पाइन् भने उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टी अफ जापानका नेता यासिहिको नोडाले १४९ मत पाए । प्रधानमन्त्री निर्वाचनमा एलडीपीलाई जापान इनोभेसन पार्टीले समर्थन गरेको थियो ।
जापानमा लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुबै सदनमा बहुमत गुमाएपछि र सरकारको आलोचना बढेपछि प्रधानमन्त्री सिगेरु इसिबाले राजीनामा दिएपछि लिबरल डेमोक्रेटिक पार्टीले टकाइचीलाई अध्यक्ष चुनेको थियो ।
प्रधानमन्त्री टकाइचीले छिट्टै मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् । उनले पार्टीको अध्यक्ष पदमा आफूसँगै प्रतिस्पर्धा गरेका नेताहरुलाई पनि मन्त्रिपरिषदमा सहभागी गराउने तयारी गरेकी छन् ।
प्रकाशित मिति:
मंगलबार, कात्तिक ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
विश्व
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
सोमबार, असार १५, २०८३
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
सोमबार, असार १५, २०८३
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ
बुधबार, असार ३, २०८३
किमसँगै सैनिक परेडमा हिँड्ने किशोरी को हुन् ?
आइतबार, वैशाख २०, २०८३
इरानको चक्रब्यूहमा फसे ट्रम्प
बिहीबार, चैत ५, २०८२
सीआर्ईएले ६ महिनादेखि फलो गरिरहेको थियो खामेनी
बिहीबार, फागुन २१, २०८२
ट्रेन्डिङ









