विश्व
जापानले पायो पहिलो महिला प्रधानमन्त्री
जापानले पहिलो पटक महिला प्रधानमन्त्री पाएको छ । मंगलबार लिबरल डेमोक्रेटिक पार्टीकी अध्यक्ष सनई टकाइचीलाई संसदले प्रधानमन्त्री चुनेको हो ।
जापानको तल्लो सदनमा भएको मतदानमा टकाइचीले २३७ मत पाइन् भने उनका प्रतिस्पर्धी डेमोक्रेटिक पार्टी अफ जापानका नेता यासिहिको नोडाले १४९ मत पाए । प्रधानमन्त्री निर्वाचनमा एलडीपीलाई जापान इनोभेसन पार्टीले समर्थन गरेको थियो ।
जापानमा लिबरल डेमोक्रेटिक पार्टीले संसदको दुबै सदनमा बहुमत गुमाएपछि र सरकारको आलोचना बढेपछि प्रधानमन्त्री सिगेरु इसिबाले राजीनामा दिएपछि लिबरल डेमोक्रेटिक पार्टीले टकाइचीलाई अध्यक्ष चुनेको थियो ।
प्रधानमन्त्री टकाइचीले छिट्टै मन्त्रिपरिषद विस्तारको तयारी गरेकी छन् । उनले पार्टीको अध्यक्ष पदमा आफूसँगै प्रतिस्पर्धा गरेका नेताहरुलाई पनि मन्त्रिपरिषदमा सहभागी गराउने तयारी गरेकी छन् ।
प्रकाशित मिति:
मंगलबार, कात्तिक ४, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
विश्व
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
बुधबार, मंसिर २४, २०८२
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
मंगलबार, मंसिर १६, २०८२
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
सोमबार, मंसिर ८, २०८२
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सोमबार, मंसिर १, २०८२
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?
मंगलबार, कात्तिक २५, २०८२
ट्रम्पको चेतावनीका बाबजुद न्यूयोर्कले रोज्यो आप्रवासी मेयर
बुधबार, कात्तिक १९, २०८२
ट्रेन्डिङ






-1765982600.jpg)


