फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी जेल चलान भएका छन् । आफ्नो चुनावी अभियानमा लिबियाका पूर्वशासक मुअमर गद्दाफीको रकम दुरुपयोग गरेको आरोपमा सार्कोजी गत महिना दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो ।
मंगलबार उनलाई फा्रन्सको ला सान्ते जेलमा लगिएको हो । त्यस क्रममा समर्थकले उनको पक्षमा नाराबाजी गरेका थिए ।
७० वर्षका सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति थिए । उनी अब फ्रान्सको ला सान्ते जेलको एउटा कोठामा बस्नेछन् । उनले आफूविरुद्धको अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका छन् ।
जेलतर्फ जाने बेला उनले एक्समार्फत आफ्नो लामो भनाइ सार्वजनिक गरेका छन् । जसमा उनले निर्दोष रहेको दाबी गरेका छन् ।
उनलाई सन् २००७ मा भएको राष्ट्रपति चुनावको अभियानका क्रममा लिबियाका तत्कालिन शाहक मुअम्मर गद्दाफीको करोडौं रकम लिएको आरोप लागेको थियो ।
विश्वकै सुरक्षित देश, जहाँ प्रहरीले बन्दुक बोक्दैनन्
दिल्ली मुम्बइ एक्सप्रेस वे, जसले गर्नेछ भारतको व्यापारमा कायापलट
जनसंख्याका आधारमा विश्वका १० ठूला शहर
आन्दोलन दमन गर्ने बाङ्लादेशकी प्रधानमन्त्रीलाई मृत्युदण्ड
सुन उत्पादनमा चीन पहिलो, अमेरिका कति औं स्थानमा ?






-1765982600.jpg)


