फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजी जेल चलान
फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी जेल चलान भएका छन् । आफ्नो चुनावी अभियानमा लिबियाका पूर्वशासक मुअमर गद्दाफीको रकम दुरुपयोग गरेको आरोपमा सार्कोजी गत महिना दोषी ठहर भएका थिए । उनलाई ५ वर्ष जेल सजाय सुनाइएको थियो ।
मंगलबार उनलाई फा्रन्सको ला सान्ते जेलमा लगिएको हो । त्यस क्रममा समर्थकले उनको पक्षमा नाराबाजी गरेका थिए ।
७० वर्षका सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति थिए । उनी अब फ्रान्सको ला सान्ते जेलको एउटा कोठामा बस्नेछन् । उनले आफूविरुद्धको अदालतको फैसलाविरुद्ध पुनरावेदन गरेका छन् ।
जेलतर्फ जाने बेला उनले एक्समार्फत आफ्नो लामो भनाइ सार्वजनिक गरेका छन् । जसमा उनले निर्दोष रहेको दाबी गरेका छन् ।
उनलाई सन् २००७ मा भएको राष्ट्रपति चुनावको अभियानका क्रममा लिबियाका तत्कालिन शाहक मुअम्मर गद्दाफीको करोडौं रकम लिएको आरोप लागेको थियो ।
भेनेजुयला भूकम्पमा ३२ घण्टापछि नवजात शिशु र सुत्केरीको उद्दार
भारतमा किन एकपछि अर्को पार्टी फुटाउँदैछ मोदी सरकार ?
चीन र पाकिस्तानको सीमा नजिक भारतले बनायो १३ किलोमिटर लामो सुरुङ
किमसँगै सैनिक परेडमा हिँड्ने किशोरी को हुन् ?
इरानको चक्रब्यूहमा फसे ट्रम्प









