Podcasts
'०४६ पछि राज्यकोषको ठूलो पैसा राजनीतिक क्षेत्रमा गएको छ, छानबिन हुनुपर्छ'
त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागका उपप्राध्यापक दिपेश घिमिरे भ्रष्टाचार र सुशासनको विषयमा लामो समयदेखि अध्ययन गर्दै आइरहेका छन् ।
उनले भ्रष्टाचारसँग सम्बन्धित विषयमा ५ वटा पुस्तक लेखिसकेका छन् भने अनुसन्धानात्मक लेख रचना पनि प्रकाशित छन् । घिमिरेसँग नेपाल शोका विनोद ढकालले नेपालमा भ्रष्टाचारको इतिहास, भ्रष्टाचारको प्रवृत्ति, भ्रष्टाचार नियन्त्रणका लागि भइरहेका प्रयास र जेनजी आन्दोलनलगायतका विषयमा गरेको कुराकानीको मुख्य बुँदाहरु :
- नेपालमा विगतमा भ्रष्टाचार केही घटनाका रुपमा देखिन्थे, तर पछिल्लो समय संस्कृतिकै रुपमा बढ्दै गएको छ ।
- नेपालको एकीकरणपछि १९०३ सम्म देशको ठूलो स्रोत लडाईंमा गएको छ । १९०३ देखि २००७ सालसम्म राणा परिवारमा गएको छ ।
- २००७ सालदेखि २०४६ सालसम्म दरबार र उच्च पदस्थ सैनिक तथा कर्मचारीकोमा गएको छ ।
- २०४६ सालदेखि हालसम्म राज्य स्रोत राजनीतिक क्षेत्रमा गएको छ ।
- भ्रष्टाचारका घटना र मात्रा हेर्ने हो भने पञ्चायत भन्दा बहुदल र बहुदल भन्दा गणतन्त्रकालमा बढी भ्रष्टाचार देखिएको छ ।
- नेपालमा भ्रष्टाचार र आर्थिक लेनदेनको घटना हेर्ने हो भने कर्मचारीतन्त्रमा बढी छ, तर मात्रा हेर्ने हो भने राजनीतिक दलका नेताहरुमा बढी छ ।
- नेपालमा मन्त्रिपरिषदको निर्णयहरुमार्फत पनि भ्रष्टाचार हुन्छ, त्यसलाई नीतिगत भष्टाचार भनिन्छ, तर खासमा त्यो राजनीतिक भ्रष्टाचार हो । नीतिगत निर्णयका नाममा राजनीतिक नेतृत्वले गरेको भ्रष्टाचार हो ।
- नेपालमा भ्रष्टाचारको स्वरुप फेरिँदै गएको छ । अहिले नेपालमा कुनै काम गर्न वा नगर्न बिदेशी खातामा पैसा जम्मा गर्न थालिसके । अहिले फेरिएको भ्रष्टाचारको प्रवृत्तिलाई सम्बोधन गर्ने कानुनी व्यवस्था हामीसँग छैन ।
- हाम्रो अख्तियारले विगतमा प्रधानमन्त्रीसम्मलाई बयान लिएको छ । तर अहिले अख्तियारको कामकारबाहीमा प्रश्न उठेको छ ।
- जेनजी आन्दोलनपछि बनेको सरकारले भ्रष्टाचार नियन्त्रणमा केही काम गर्छ कि भन्ने धेरैको आशा छ, तर एक महिनाको गतिविधि हेर्दा धेरै उत्साहित हुने अवस्था छैन ।
- अहिले आयोग बनाएर नेताहरु अस्वभाविक आर्थिक गतिविधि भएका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ ।
प्रकाशित मिति:
बुधबार, कात्तिक ५, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
Podcasts
दलभित्रै लोकतन्त्र छैन, त्यसैले अध्यक्षमा दुई कार्यकाल
बुधबार, पुस २, २०८२
'सिक्ने भनेकै फेल भएर हो, स्कुलमा फेल हुनै दिँदैन'
बुधबार, मंसिर १७, २०८२
रास्वपाले कसरी छान्दैछ १६४ उम्मेदवार ?
शनिबार, मंसिर १३, २०८२
चिनियाँ रेल आए भारत हेरेर बस्दैन
सोमबार, मंसिर ८, २०८२
'वैशाख–जेठमा चुनाव, प्रतिशोधले बंगलादेश बन्छौं'
बिहीबार, मंसिर ४, २०८२
'दोस्रो पटक सरकारमा नगएको भए राम्रो हुन्थ्यो'
शनिबार, कात्तिक २९, २०८२
ट्रेन्डिङ








