नेभिगेशन
3 Minute

सुशीला सरकारका जेनजी मन्त्री

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै बबरमहल क्षेत्रमा प्रदर्शन भएको थियो । अनि, प्रहरीले एक व्यक्तिलाई अनाहकमा लाठी, मुक्का र बुटले हानेका थिए । 

कुटाइ खाने व्यक्ति थिए, बब्लु गुप्ता । यिनै बब्लु, जो आइतबार युवा तथा खेलकुद मन्त्री बनेका छन् । 

सिरहाको लहान स्थायी घर भएका बब्लु झण्डै एक दशकदेखि ‘हन्ड्रेड ग्रुप’का नाममा सामाजिक कार्यमा सक्रिय थिए । त्यही क्रममा बबरमहलको प्रदर्शनमा सहभागी भए, अनि प्रहरीबाट निर्घात कुटिए पनि । 

हन्ड्रेड ग्रुप कोभिड–१९ महामारीको समयमा निकै चर्चामा आयो, जब राजधानीमा गरिब तथा विपन्नहरुलाई निःशुल्क खाना खुवाउने अभियान चलायो । 

जेनजी आन्दोलनमा पनि गुप्ताले सक्रिय सहभागीता जनाए । आइतबार उनको नियुक्तिसँगै सुशीला कार्की क्याबिनेटमा जेनजीको प्रतिनिधित्व समेत भएको छ । त्यसैले यो सरकारमा जेनजी मन्त्री हुन्, २५ वर्षका बब्लु गुप्ता । 

हेर्नहोस् भिडियो

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

नेपाल शो मल्टिमिडिया न्यूज पोर्टल हो । 

थप 3 Minute