सुशीला सरकारका जेनजी मन्त्री
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै बबरमहल क्षेत्रमा प्रदर्शन भएको थियो । अनि, प्रहरीले एक व्यक्तिलाई अनाहकमा लाठी, मुक्का र बुटले हानेका थिए ।
कुटाइ खाने व्यक्ति थिए, बब्लु गुप्ता । यिनै बब्लु, जो आइतबार युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
सिरहाको लहान स्थायी घर भएका बब्लु झण्डै एक दशकदेखि ‘हन्ड्रेड ग्रुप’का नाममा सामाजिक कार्यमा सक्रिय थिए । त्यही क्रममा बबरमहलको प्रदर्शनमा सहभागी भए, अनि प्रहरीबाट निर्घात कुटिए पनि ।
हन्ड्रेड ग्रुप कोभिड–१९ महामारीको समयमा निकै चर्चामा आयो, जब राजधानीमा गरिब तथा विपन्नहरुलाई निःशुल्क खाना खुवाउने अभियान चलायो ।
जेनजी आन्दोलनमा पनि गुप्ताले सक्रिय सहभागीता जनाए । आइतबार उनको नियुक्तिसँगै सुशीला कार्की क्याबिनेटमा जेनजीको प्रतिनिधित्व समेत भएको छ । त्यसैले यो सरकारमा जेनजी मन्त्री हुन्, २५ वर्षका बब्लु गुप्ता ।
हेर्नहोस् भिडियो
रसुवा बाढीमा मृत्यु हुनेको संख्या १००० नाघ्यो
प्रधानमन्त्री राहत कोषमा सरकारी कर्मचारीको तलबबाट ३६ करोड
रसुवा बाढीमा ज्यान गुमाउनेको संख्या ३५९ पुग्यो
३३ वर्षको उमेरमा भारतीय क्रिकेट टिमबाट डेब्यू
कतार एयरवेजबाट नेपाली यात्रुले पाउने भइन् २ करोड ६१ लाख क्षतिपूर्ति

-1790087654.png)






