अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ता गर्नुको कारण के हो लिखित रुपमा जानकारी गराउन आदेश दिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले असोज ३० गते केपी शर्मा ओली सरकारले विभिन्न ११ देशमा पठाएको राजदूत फिर्ता बोलाएको थियो ।
यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा ३ वटा मुद्दा परेको थियो । आज कात्तिक ९ गते न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको छुट्टाछुट्टै इजलासले सरकारसँग राजदूत फिर्ताको कारण माग गरेको छ ।
रिट निवेदकहरुले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय बदर गर्न अन्तरिम आदेश मागेका थिए । तर सर्वोच्चले राजदूत फिर्ताको निर्णय बदर गर्न भने अन्तरिम आदेश दिएन । यसबारेमा छलफल गर्न कात्तिक १४ गते रिट निवेदक र सरकार दुबै पक्षलाई बोलाएको छ ।
सुशीला कार्की सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, स्पेन, साउदी अरेबिया, बेलायत, अमेरिका र जापानबाट राजदूत फिर्ता बोलाएको थियो ।
रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
को हुन् मजदुर आन्दोलनमा बोल्दा बोल्दै ढलेर बितेका कमल ?
रास्वपाले नेपाली राजनीतिमा ठूलो गुन लगाएको छ
Rapid Fire with Yuvraj : राशिद खान कि सन्दीप लामिछाने?

-1761836913.jpg)







