अदालतले सरकारसँग माग्यो राजदूत फिर्ताको कारण
सर्वोच्च अदालतले सरकारलाई राजदूत फिर्ता गर्नुको कारण के हो लिखित रुपमा जानकारी गराउन आदेश दिएको छ । सुशीला कार्की नेतृत्वको सरकारले असोज ३० गते केपी शर्मा ओली सरकारले विभिन्न ११ देशमा पठाएको राजदूत फिर्ता बोलाएको थियो ।
यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा ३ वटा मुद्दा परेको थियो । आज कात्तिक ९ गते न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको छुट्टाछुट्टै इजलासले सरकारसँग राजदूत फिर्ताको कारण माग गरेको छ ।
रिट निवेदकहरुले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय बदर गर्न अन्तरिम आदेश मागेका थिए । तर सर्वोच्चले राजदूत फिर्ताको निर्णय बदर गर्न भने अन्तरिम आदेश दिएन । यसबारेमा छलफल गर्न कात्तिक १४ गते रिट निवेदक र सरकार दुबै पक्षलाई बोलाएको छ ।
सुशीला कार्की सरकारले चीन, जर्मनी, इजरायल, मलेसिया, कतार, रुस, स्पेन, साउदी अरेबिया, बेलायत, अमेरिका र जापानबाट राजदूत फिर्ता बोलाएको थियो ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






