मन्त्रिपरिषद्को निर्णयले क-कसको सुविधा खोसियो ?
सरकारले टप ७ पदका बाहेक अरु सबैको स्वकीय सचिव सुविधा खोस्ने निर्णय गर्यो ।
असोज ५ गते मन्त्रिपरिषद् बैठकले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रदेश प्रमुख, मन्त्रीहरु बाहेक सबैको स्वकीय सचिव सुविधा खारेज गर्ने निर्णय गरेको थियो ।
यो निर्णय लागू हुन संसदको ऐनमा भएको अनुसूची २ हेरफेर गर्नुपर्ने थियो । १२ कात्तिकको मन्त्रिपरिषद बैठकले त्यो पनि निर्णय गर्यो ।
पहिला प्रतिनिधिसभामा विपक्षी दलको नेता, उपसभामुख र उपाध्यक्षले एक–एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।
राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षका नेता र सत्ता पक्षका मुख्य सचेतकले पनि एक– एक जना स्वकीय राख्न पाउँथे ।
विपक्षी दलका प्रमुख सचेतक, सत्ता पक्षका प्रमुख सचेतक, सचेतक र सांसदहरुले एक–एक जना स्वकीय सचिव राख्न पाउने व्यवस्था थियो ।
स्वकीय सचिवलाई स्केलअनुसार तलब मात्र दिने व्यवस्था थियो । कतिपय सांसदले स्वकीय सचिवको तलब समेत आफैंले बुझ्ने गरेको भनेर प्रश्न उठेपछि बैंक खातामा तलब पठाउने व्यवस्था गरिएको थियो ।
तर नयाँ सरकारले त्यसमा कंैची चलायो । संसदको हकमा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई मात्र स्वकीय सचिवको सुविधा दिने निर्णय गर्यो ।
प्रतिनिधिसभा विघटन भएकाले विपक्षी दलका नेता, सत्ता पक्ष र विपक्षका प्रमुख सचतेक छैनन् । त्यसैले उनीहरुको स्वकीय सुविधा पनि छैन ।
तर उपसभामुख इन्दिरा राना मगर छिन् । उनको स्वकीय सचिवको सुविधा खोसियो । राष्ट्रिय सभामा विपक्षी दलका नेता, सत्ता पक्षका नेता, मुख्य सचेतक सबै छन् । उनीहरुको पनि स्वकीय सचिवको सुविधा खोसियो ।
सरकारले न्यायालयलाई तर्साउन खोज्यो : नेपाल बार
पोखरा विमानस्थलमा पूर्वअर्थमन्त्री कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौंका बाँकी सुकुम्बासी बस्तीमा वैशाख १८ गते डोजर
अर्थ मन्त्रालयका कर्मचारीले १५ दिनमै पाए तलब
दीपक भट्टको साझेदार बन्दा गयो सुदनको गृहमन्त्री पद


-1777651991.jpeg)

-1777978198.png)



