रातमा विपि राजमार्ग बन्द, प्रशासनले के भन्यो ?
मोन्था चक्रवातको प्रभावका कारण अहिले भारी वर्षा र बाढी पहिरोको जोखिम छ । त्यही भएर बीपी राजमार्ग रातको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुली र काभ्रेले राजमार्ग बन्द गर्ने निर्णय गरेका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कात्तिक १३ गतेदेखि १५ गतेसम्म राजमार्ग क्षेत्रमा ठूलो वर्षाको जोखिम औंल्याएको छ । त्यसैले सम्भावित मानवीय र भौतिक क्षति कम गर्न भन्दै प्रशासन कार्यालयहरुले बीपी राजमार्ग रातको समयमा बन्द गर्ने निर्णय लिएका हुन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहीबार बेलुका ५ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्म सिन्धुलीको खुर्कोटबाट काठमाडौंतर्फ जाने सवारी साधनको आवागमनमा पूर्ण रोक लगाउने बताएको छ । सिन्धुलीको मध्यपहाडी राजमार्ग पनि बन्द गरिनेछ । काभ्रे प्रशासनले पनि बिहीबार साँझ ५ देखि शुक्रबार विहान ६ बजेसम्म बिपी राजमार्गमा सवारी चलाउन रोक लगाएको छ ।
दिउँसोको समयमा भारी वर्षा भए पनि सवारी साधन रोकिने छ । राजमार्गमा वर्षा भइरहेको समयमा सवारी साधन नचलाउन र यात्रा नगर्न चालक तथा यात्रुहरुमा अनुरोध गरिएको छ ।
रोड्री कता जालान् : रियल मड्रिड कि वार्सिलोना ?
सेना नै रिसाउने गरी सांसद राजु पाण्डेले के गरे ?
अन्तत पक्राउ पर्यो गहना लुट्ने कर्मा तामाङको गिरोह
कस्तो हिमाल हो निम्सदाइको ज्यान लिएको ब्रोडपिक ?
राप्रपाले सरकारलाई भन्यो : साम्प्रदायिक विवादको दीर्घकालीन समाधान खोज






